सुन्तलीको आक्रोशः प्रकाश कँडेलले जुत्ताको मालामा घुँडा टेकेर माफी माग्नुपर्छ
धुर्मुस सुन्तली फाउन्डेसकी कोषाध्यक्ष एवम् कलाकार कुञ्जना घिमिरे (सुन्तली)ले रंगशालाको बार भत्काउने प्रकाश कँडेललाई जुत्ताको माला लगाउनुपर्ने बताउनुभएको छ । बिहीबार दिउँसो रंगशाला निरीक्षणपछि कोषाध्यक्ष घिमिरेले विभिन्न देशमा काम गरेका दाजुभाइले तरकारी खर्च कटाएर पठाएको पैसाबाट बनेको रंगशालाको बारमा डोजर लगाउने प्रकाश कँडेल र त्यसमा संलग्न स्थानीयलाई कडाभन्दा कडा सजाय दिनुपर्ने बताउनुभएको छ । साथै उहाँले डोजर लगाउँदा क्षति भएको सामानको क्षतिपूर्ति पनि उनीहरुले नै दिनुपर्ने स्पस्ट पार्नुभयो
प्रकाश कँडेलको पृष्ठभूमि जान्न जरुरी रहेको बताउँदै घिमिरेले सबै गाउँलेलाई उसले के नराम्रो सिकाउँदै छ भन्ने बुझन जरुरी रहेको उहाँको भनाइ छ । ‘यहाँ रंगशाला बन्ला नबन्ला,’ उहाँले भन्नुभयो, ‘रंगशाला बने पनि स्थानीयको मानसिकता बनेन भने यो रंगशाला सञ्चालनमा आउँदैन ।’प्रहरीले कँडेललाई नियन्त्रणमा लिए पनि त्यसले आफूहरुको चित्त नबुझ्ने घिमिरेले बताउनुभयो । ‘त्यो अपराधीलाई सार्वजनिक गरी जुत्ताको माला लगाउनुपर्छ,’ उहाँले थप्नुभयो, ‘विदेशबाट सहयोग गर्ने सबैसामू घुँडा टेकेर माफी माग्नुपर्छ ’
चितवनको भरतपुरमा बनिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा बुधबार बिहान प्रकाश कँडेल र केही स्थानीयले डोजर चलाएका थिए । डोजर चल्दा १० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ । घटनापछि धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माणको काम स्थगित गरेको छ ।
May 31, 2019 5:23 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।