करिनाको टेलिभिजनमा डेब्यू, तर यस्तो डिमाण्ड
बलिउड नायिका करिना कपुर तैमुर अली खानलाई जन्म दिएपछि झनै चर्चामा छिन् । बलिउडमा उनको डिमाण्ड घटेको छैन । उनको हातमा चलचित्रको अभाव पनि छैन । उनै, करिना कपुर खानले एक रियालिटी शोबाट टेलिभिजनमा डेब्यू गर्दैछिन् । उनी ‘डान्स इन्डिया डानस’को निर्णायकको रुपमा टेलिभिजनमा डेब्यू गर्न लागेकी छिन् ।
तर, यो शोका लागि करिनाको डिमाण्ड कम छैन । उनले, यो शोमा निर्णायक भएवापत चर्को पारिश्रमिक लिएकी छिन् । करिना भन्छिन्–‘यस्तो रियालिटी शोमा निर्णायक बन्ने नायकहरुले चर्को पारिश्रमिक लिदा हामी नायिकाहरुले किन लिन हुँदैन ?’
करिनाको शर्त यत्तीमा मात्र सिमित छैन । उनले, यो शोका लागि ८ घन्टा भन्दा बढी समय दिन नसक्ने पनि स्पष्ट पारेकी छिन् । करिनाले ८ घन्टामा शोको छायांकन सकेर आफू छोराका लागि घर जानुपर्ने भन्दै त्यो भन्दा बढी समय दिन नसक्ने पनि स्पष्ट पारेकी छिन् । करिनाका फ्यान उनलाई टेलिभिजन दुनियाँमा हेर्नका लागि आतुर छन् ।
June 1, 2019 10:55 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।