करिनाको टेलिभिजनमा डेब्यू, तर यस्तो डिमाण्ड
बलिउड नायिका करिना कपुर तैमुर अली खानलाई जन्म दिएपछि झनै चर्चामा छिन् । बलिउडमा उनको डिमाण्ड घटेको छैन । उनको हातमा चलचित्रको अभाव पनि छैन । उनै, करिना कपुर खानले एक रियालिटी शोबाट टेलिभिजनमा डेब्यू गर्दैछिन् । उनी ‘डान्स इन्डिया डानस’को निर्णायकको रुपमा टेलिभिजनमा डेब्यू गर्न लागेकी छिन् ।
तर, यो शोका लागि करिनाको डिमाण्ड कम छैन । उनले, यो शोमा निर्णायक भएवापत चर्को पारिश्रमिक लिएकी छिन् । करिना भन्छिन्–‘यस्तो रियालिटी शोमा निर्णायक बन्ने नायकहरुले चर्को पारिश्रमिक लिदा हामी नायिकाहरुले किन लिन हुँदैन ?’
करिनाको शर्त यत्तीमा मात्र सिमित छैन । उनले, यो शोका लागि ८ घन्टा भन्दा बढी समय दिन नसक्ने पनि स्पष्ट पारेकी छिन् । करिनाले ८ घन्टामा शोको छायांकन सकेर आफू छोराका लागि घर जानुपर्ने भन्दै त्यो भन्दा बढी समय दिन नसक्ने पनि स्पष्ट पारेकी छिन् । करिनाका फ्यान उनलाई टेलिभिजन दुनियाँमा हेर्नका लागि आतुर छन् ।
June 1, 2019 10:55 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :