

जान्ह्वी कपुरले छोटो कपडा लगाउँदा कैटरिना चिन्तित!

मुम्बई। श्रीदेवीकी छोरी जाह्नवी कपुरले छोटो कपड लगाएर जिम गरेके भन्दै बलिउड अभिनेत्री कैटरिना कैफले चिन्ता जनाएकी छन्। भारतीय संचारमाध्यमका अनुसार जान्हवी कपुरलाई आफूले छोटो कपडा लगाएर जिम गरेको देख्दा चिन्ता लागेको बताएकी हुन्।
कैटरिना केही दिन अगाडि नेहा धुपियाको च्याट शो बीएफएफ विथ वोगमा गएकी थिइन्। कैटरिना उक्त शोमा सेलिब्रिटीको रुपमा पुगेकी थिइन्। नेहाले कैटरिनालाई यस्तो कलाकारको नाम सोधेकी थिइन् जो जिम गर्दा हद पार गर्छन्।
जवाफमा कैटरिनाले भनिन्, ‘अरु कोही होइन, मलाइ जान्ह्वी कपुरलाई छोटो कपडामा देख्दा चिन्ता लाग्छ। उनी मेरो जिममा आउँछिन्। त्यही भएर हामी सँगै वर्कआउट गर्छौं। कहिले काँही मलाइ उनको बारेमा चिन्ता लाग्छ।’
केही दिन पहिला कैटरिना कैफको एक भिडियो सामाजिक संजालमा सार्वजनिक भएको थियो। उक्त भिडियोमा कैटरिनालाइ नेहाले तपाइँलाई अन्तिम पटक कसले सेक्सी फिल गराएको थियो भनेर सोधेकी थिइन्। जवाफमा कैटरिनाले भनेकी छन्–गए राति।’ भिडियोमा कैटरिना आफ्नी नजिककी साथी डिजाइनर अनाइता श्राफसँग देखिएकी छन्। कैटरिना यतिबेला फिल्म भारतको प्रमोशनमा व्यस्त छन्। यो फिल्म ५ जुनमा रिलीज हुँदैछ।
June 2, 2019 10:23 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एशियन कम छनोट : समूह एफको दोश्रो खेलमा नेपालले आज लाओससँग खेल्दै

अमेरिकाले डिपोर्ट गरेका ४८ नेपाली बंगलादेश हुँदै काठमाडौं आउँदै

दाङमा लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गाजाको अवस्था नर्कभन्दा पनि खराब : रेडक्रस

अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौ अधिवेशन झापाको बिर्तामोडमा हुने भएको छ ।

कुवेतबाट निरेम प्रोडक्सनद्वारा धरानका सामाजिक संस्थाहरू र मृगौला पीडितलाई सहयोग

सात वर्षअघि नै खारेज भएको सिन्डिकेट ब्युँत्याउने प्रयास : सडकमा आज पनि सार्वजनिक गाडी कम चल्दा यात्रुलाई सास्ती

नेपाल कुवेत साँस्कृतिक मञ्चको तीज विशेष सांगीतिक धमाका २९ अगष्टमा गर्ने

