बिहानै चितवन बाट आयो खुसिको खबर, धुर्मुस -सुन्तलीको आँशु पुछियो (भिडियो सहित्)
केहि दिन देखि चर्चाको केन्द्रमा रहेको छ , धुर्मुस सुन्तली फाउण्डेसनले चितवानमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डोजर काण्ड । चितवनको रामपुरमा निर्माणाधिन रंगशालामा स्थानियले विभिन्न माग राखेर डोजर चलाए पछि अवरुद्ध काम अन्तत सुचारु भएको छ ।शनिबार बिहानै चितवनका सबै क्षेत्रका व्यक्ति मिलेर निर्माणाधीन रंगशालाको बार पुनर्निमाणमा जुटेका हुन् । शुक्रबार स्थानीय स्तरका विभिन्न संघ संस्थाहरुबीच भएको सहमति अनुसार नै भत्किएको बार बनाउन सर्वपक्षीय तथा सर्वदलीय संस्थाहरुको सहभागिता रहेको थियो ।
चितवन क्षेत्र नम्बर दुईका संघीय सांसद कृष्णभक्त पोखरेल, भरतपुर महानगरकी मेयर रेणु दाहाल, प्रदेश सांसदहरु, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, नागरिक समाज, विभिन्न पेशागत संघसंस्थाहरुका प्रतिनिधि शनिबार बिहानैदेखि भत्किएको बार निर्माणमा जुटेका छन् । त्यस्तै बार बनाउने काममा स्थानीयहरुको पनि उल्लेख्य सहभागिता रहेको छ ।गएको बुधबार स्थानीय केही व्यक्तिले बाटोको विवादमा निर्माणाधीन रंगशालाको बार डोजर लगाएर भत्काएका थिए । बार भत्काउने व्यक्तिलाई स्थानीय प्रशासनले कारबाहीसमेत अगाडि बढाएको छ । स्थानीय भने धुर्मुस सुन्तली फाउण्डेसनको रंगशाला निर्माण कार्यमा एकजुट भएर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
स्थानियहरुको साथा पाए पछि धुर्मुस पनि खुसि देखिएका छन् । अब रंगशाला निर्माणको कामले थप गति लिने विश्वास व्यक्त गरेका छन् । विहानै रंगशाला निर्माण स्थलमा सरोकारवाला सबै भेला भएर चितवनमा रंशशाला बनाइ छोड्ने प्रतिवद्धता व्यक्त गरेका थिए । रंगशाला चितवनको इज्जत भएको भन्दै धुर्मुस सुन्तलीलाई परेको दुखमा सबै चितवन बासीको साथ रहने प्रतिबद्धता पछि निर्माण कार्य फेरि सुचारु भएको छ ।
June 2, 2019 11:11 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।