दर्शक-श्रोताको रोजाइमा प्रकाश सपूतको ‘गलबन्दी’: यूट्यूबको १ नम्बर ट्रेन्डिङमा
लमजुङ – आम दर्शक तथा श्रोताको मन जित्ने गरी गाउन, नाच्न सक्ने खुबी भएका बहुप्रतिभाशाली सर्जक हुन्, गायक, मोडल, संगीतकार प्रकाश सपूत ।धेरै लोकदोहोरी गीत गाउनुका साथ थुप्रै गीतमा कम्मर मर्काएका प्रकाश सपूत अहिलेका चर्चित सर्जक रुपमा चिनिन्छन्, नेपाली सांगीतिक क्षेत्रमा ।
‘बोल माया’ पछि नेपाली लोक सांगीतिक क्षेत्रमा उनको चर्चा निकै चुलियो । वैदेशिक रोजगारीले निम्त्याएका समस्यामा केन्द्रlत रही तयार पारिएको ‘बोल माया’ले धेरै दर्शक श्रोतालाई रुवायो ।
उनै युवा सर्जक प्रकाश सपूतको ‘गलबन्दी’ अहिले चर्चामा छ । सबै उमेर समूहका दर्शक-श्रोताले रुचाएका छन्, यस गीतलाई । यस गीतमा माया प्रेमको भावलाई मौलिक शब्द, लय, सुरमा प्रस्तुत गरिएको छ । यस गीतको शब्द, संगीत प्रकाश सपूतकै होे भने आवाज पनि प्रकाश सपूत र गायिका शान्तिश्री परियारले भरेका छन् ।
गीतको भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी र प्रकाश सपूतलाई ‘फिचरिङ’ गरिएको छ । भिडियोको बीचबीचमा राखिएको संवादले दर्शकलाई थप मनोरञ्जन दिएको छ । यस गीतको निर्देशन पनि प्रकाशले नै गरेका हुन् । प्रकाश सपूतको आफ्नै यूट्यूब च्यानलबाट ६ दिनअघि अपलोड गरिएको यस गीतको भिडियो युट्युब ट्रेन्डिङ १ मा पर्न सफल भएको छ ।
June 4, 2019 2:19 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :