धर्ममा आस्था राख्नु हुन्छ ? यो मन्त्र याद गर्नुृहोस , चाहेको प्रेमीका पाउनुहुँनेछ ,
‘श्रीरामचरितमानस’ अवधि भाषा (पूर्वीय हिन्दी भाषा) को एक रामायण महाकाव्य हो, जसलाई ‘गोस्वामी तुलसीदास’ले १६औँ शताब्दीमा रचना गरेका थिए। यसमा भगवान श्रीरामलाई सर्वशक्तिमान नायकको रूपमा प्रस्तुत गरिएको छ। तर ‘वाल्मीकीय रामायण’मा श्रीरामलाई सामान्य मनुष्यको रूपमा मानिएको छ। श्रीरामचरितमानसमा श्रीराम सर्वशक्तिमान हुँदाहुँदै पनि उनलाई एक मर्यादित पुरुषको रूपमा वर्णन गरिएको छ।
यस ‘श्रीरामचरितमानस’मा उल्लेख गरिएका चौपाईका मन्त्रहरूलाई प्राचीन कालदेखि नै प्रयोग गरिँदै आएको पाइन्छ। यस ग्रन्थमा जुन प्रसङ्गको लागि चौपाई लेखिएको छ, त्यसैसँग मिल्दोजुल्दो परिस्थिती पैदा हुँदा त्यस पंक्तिलाई ध्यान-स्मरण या जप गर्नाले साधकको कल्याण हुने मान्यता रहेको छ।
मानसमा मनले चाहेको जीवनसाथी पाउनका लागि पनि एकदमै सुन्दर प्रसङ्ग समावेश गरिएको छ। ती चौपाईहरूलाई मन्त्रको रूपमा पूर्ण आस्थासाथ ध्यान वा जप गर्नाले मनको कामना पूर्ती हुने विश्वास गरिन्छ। तर के जरुरी छ भन्दा मनको कामना सच्चा र पवित्र हुनुपर्दछ, तब मात्रै फलदायी हुन्छ।
मन्त्र यसप्रकार रहेको छः
तौ भगवानु सकल उर बासी। करिहि मोहि रघुबर कै दासी।। जेहि कें जेहि पर सत्य सनेहू। सो तेहि मिलइ न कछु संदेहू।।
प्रसङ्ग ‘बालकाण्ड’को हो। राजा जनकजी प्रतिज्ञा गर्छन् कि आफ्नी पुत्री सीताको विवाह उसँग गरिदिन्छन् जसले शिवजीको भारी धनुष उठाएर तोडिदिन्छन्।
तर सीताको मन श्रीराम प्रति आकर्षित भैसकेको थियो। उनी चाहन्थिन् कि उनका पिताको प्रतिज्ञा बेकार नजाओस्। साथै उनको विवाह तेजस्वी र हर तरिकाले श्रेष्ठ राजकुमार श्रीराम सँग नै होस्। तर उनको मनमा यो सन्देह थियो कि सायद यो राजकुमारले शिवको भारी धनुषलाई उठाउन सक्दैन।
यसरी नै सीताको मन व्याकुल भैरहेको थियो।Shree Ram तब सीताले धैर्य गरेर आफ्नो हृदयमा यो विश्वास गरिन् कि- “यदि तन, मन र वचनले मेरो प्रतिज्ञा साँचो छ र श्रीरघुनाथजीको चरणकमलहरूमा मेरो मन वास्तवमै रमेको छ भने सबैको हृदयमा निवास गर्ने श्रीरामजीले मलाई अवश्य पनि जीवनसंगिनी बनाउनेछन्। जसलाई जोसँग सच्चा स्नेह हुन्छ, उसलाई ऊ अवश्य पनि मिल्दछ, यसमा कुनै पनि सन्देह छैन।” यति भनिदिउँ कि यो मन्त्रको प्रयोग केवल आस्थावान व्यक्तिहरूको लागि मात्रै फलदायी हुनेछ। यदि मन, वचन र कर्मले व्यक्तिको कामना साँचो र कल्याणकारी छ भने उसको इच्छा अवश्य पनि पूरा हुनेछ। केवल परीक्षणको लागि यो मन्त्रको प्रयोग मनाही छ।
June 4, 2019 3:52 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो