ज्ञानेन्द्र शाही रिहाई ! तिन करोड नेपालीको जित, यसरि गरियो भब्य स्वागत (भिडियो सहित)
सर्वोच्च अदातलले भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीलाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्चको यो आदेश सँगै उनी हिरासतमुक्त भएका छन। शाहीलाई गैरकानूनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरणको रिट मा न्यायधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुयालको संयुक्त इजलासले शुक्रबार रिहा गर्न आदेश दिएको हो।पत्रकारहरुलाई गालीगलौज गर्दै अन्तर्वार्ता दिएको आरोपमा शाहीलाई जेठ १५ गते प्रहरीले सुर्खेतको खुल्ला मञ्चबाट पक्राउ गरेको थियो ।
शाहीको पक्षमा बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने लगायतले बहस गरेका थिए । भ्रष्टाचार विरुद्ध खरो रुपमा अभिव्यक्ति दिँदै आएका शाहीलाई उनको आवाज दबाउन भुठ्ठा मुद्दामा फँसाइएको भन्दै त्यसविरुद्ध नागरिक समाज आन्दोलित हुँदै आएको छ । शाहीलाई पक्राउ पूर्जीविनै पक्राउ गरेर हिरासतमा चरम यातना दिइएको भन्दै प्रहरीको चर्को आलोचना भएको छ ।
तर, प्रहरीले हिरासतमा राखेर यातना दिएको कुरा अस्विकार गर्दै आएको छ। शाहीमाथि नेपाल प्रहरीले साइवर अपराधको अभियोगमा पक्राउ गरेर मुद्दा चलाएको थियो। शाही विरुद्ध पत्रकारहरुले आफूहरु माथि दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए। तर प्रहरीले उनीविरुद्ध विद्युतीय कारोबार ऐन अनुसार मुद्दा चलाएको थियो ।
June 8, 2019 10:27 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी