ज्ञानेन्द्र शाही रिहाई ! तिन करोड नेपालीको जित, यसरि गरियो भब्य स्वागत (भिडियो सहित)
सर्वोच्च अदातलले भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीलाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्चको यो आदेश सँगै उनी हिरासतमुक्त भएका छन। शाहीलाई गैरकानूनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरणको रिट मा न्यायधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुयालको संयुक्त इजलासले शुक्रबार रिहा गर्न आदेश दिएको हो।पत्रकारहरुलाई गालीगलौज गर्दै अन्तर्वार्ता दिएको आरोपमा शाहीलाई जेठ १५ गते प्रहरीले सुर्खेतको खुल्ला मञ्चबाट पक्राउ गरेको थियो ।
शाहीको पक्षमा बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने लगायतले बहस गरेका थिए । भ्रष्टाचार विरुद्ध खरो रुपमा अभिव्यक्ति दिँदै आएका शाहीलाई उनको आवाज दबाउन भुठ्ठा मुद्दामा फँसाइएको भन्दै त्यसविरुद्ध नागरिक समाज आन्दोलित हुँदै आएको छ । शाहीलाई पक्राउ पूर्जीविनै पक्राउ गरेर हिरासतमा चरम यातना दिइएको भन्दै प्रहरीको चर्को आलोचना भएको छ ।
तर, प्रहरीले हिरासतमा राखेर यातना दिएको कुरा अस्विकार गर्दै आएको छ। शाहीमाथि नेपाल प्रहरीले साइवर अपराधको अभियोगमा पक्राउ गरेर मुद्दा चलाएको थियो। शाही विरुद्ध पत्रकारहरुले आफूहरु माथि दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए। तर प्रहरीले उनीविरुद्ध विद्युतीय कारोबार ऐन अनुसार मुद्दा चलाएको थियो ।
June 8, 2019 10:27 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।