

‘नेपालकै लागि नौलो कमेडी च्याम्पियन’ लिएर आउदै विशाल र रीमा

काठमाडौ । नेपाली टेलिभिजनको दर्शन घटेर युटुब र अनलाइनमा नेपालीको ध्यान केन्द्रित हुदै गर्दा नेपालमा रियालिटी शोको आगमन बढेको छ । जसले गर्दा नेपाली टेलिभिजन च्यानलमा दर्शकको रुची बढेको छ । एपी १ वाट नेपाल आइडल प्रशारण भएसंगै फेरी एक पटक नेपाली टेलिभिजन शोको चर्चा हुन थाल्यो । त्यस लगत्तै रोडिज आयो र फेरी यसको शिलशिला अघि बढ्यो । सोहि क्रममा बुगी उगी, द भोइस र को बन्छ करोडपति प्रशारणमा आए । सधै समाचार, टेलिशृंखला, टक शो र डकुमेन्ट्री हर्न पाउने दर्शकलाइ रियालिटी शोको बाढीले नयाँ स्वाद पस्किदै पुनः टेलिभिजन हेर्ने बानी पार्दै गएको छ ।
तर जति धेरै रियालिटी शो छन् र अब आउने क्रममा छन् त्यसमा काम गर्ने जनशक्ति उति नै कम छन् । नेपाल आइडल निर्देशन गरेका निर्देशक लक्ष्मण पौडेल नै द भ्वाइसका निर्देशक हुन् । त्यसै रोडिजका निर्देशक अमन प्रत्ताप अधिकारी नै केबिसीका पनि निर्देशक हुन् । आइडल पहिलो सिजन लगत्तै पौडेलले एपी १ छोडेपछि बुगीउगी र नेपाल आइडल सिजन २ नयाँ टिमले गर्यो । गने चुनेका निर्देशकले मात्रै रियालिटी शो बनाइरहेको देखिन्छ ।
यहि क्रममा नेपाल आइडल सिजन १ र द भोइस सिजन १मा चिफ असिस्टेन्ट डिरेक्टर रहेका बिशाल भण्डारीले नयाँ रियालिटी शो ल्याउने तयारी सकेका छन् । कमेडी च्याम्पियनले यो शो होस्ट गर्ने छिन् भने जजको बिषयमा सल्लाह भैरहेको भण्डारी बताउछन् । विशाल र रिमाले यस अघि नै नेपाल आइडलमा सहकार्य गरि सकेका छन् । यस पटक सोही सहकार्य कै निरन्तरता स्वरूप कमेडी जनरामा काम गर्ने यी दुइको जमर्को रहेको छ । केहि समय यता रीमा विभिन्न स्ट्याण्डअप कमेडी शो हरुमा देखिदै आएकी छन् । उनको यो उपस्थितिलाई आउदो रियालिटी शोको तयारीको रुपमा लिन सकिन्छ ।
मह जोडीको विभिन्न हास्यव्यंग्य सिरियल, ट्वाक्क टुक्क, हिजो आजका कुरा, तितो सत्य, जिरे खुर्सानी हुदै अगाडी बढेको कमेडी शो र हास्यव्यंग्यकलाकारको चर्चा पश्चात पछिल्लो समय भद्रगोलको नयाँ टिम र सन्दीप क्षेत्री बाहेक कुनै नयाँ अनुहार र शो आउन सकेको छैन । यो कमेडी च्याम्पियनले कमेडीका नयाँ स्टार जन्माउने बिश्वास राखेका छन् विशाल र रीमाले । शोको निर्माण थ्री प्रोडक्सनले गर्नेछ, जसले यस आघ ३०० भन्दा बढी म्युजिक भिडियो निर्माण गरेको छ ।
June 9, 2019 11:21 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

गाजामा १५ जना डाक्टर र कर्मचारी मारिएको घटनामा इजरायली सेनाले स्वीकार्यो आफ्नो गल्ती

नेपाली जनसम्पर्क समिति कुवेतले ११२ औं वीपी जयन्ती तथा १४ वार्षिकोत्सव १२ सेप्टेम्बरमा मनाउने

सरकारले नौ महिनामा तीन खर्ब ६६ अर्ब रुपैयाँ ऋण उठायो

यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७४ पुग्यो

शिक्षकका माग सम्बाेधन हुनेगरी विद्यालय शिक्षा विधेयक ल्याइने

१९ वर्षमुनिको पुरुष क्रिकेट विश्वकप एशिया छनोट आजदेखि, नेपालले यूएईसँग खेल्दै

एआईमा आधारित आईभीएफ प्रविधिमार्फत विश्वकै पहिलो शिशुको जन्म

चीनमा हाइड्रोजन ड्रोनले ३० घण्टा निरन्तर उडान भरेर कीर्तिमान बनायो

