घरमा राख्नुहोस् यी चिज, सधै लक्ष्मीको बास हुनेछ !
तपाई दिन भरी कयौँ काम गर्नुहुन्छ ताकि लक्ष्मी माता खुशि भएर तपाईको घरमा खुशी छाओस् । त्यहि हामी मध्य कोहि त यस्ता पनि छौँ जो जिवन भरि कडा परिश्रम गर्दा पनि रोजी(रोटीको जुगाड गर्न बाहेक अरु कमाउन सकिन्न।
तर के तपाईलाई थाहा छ हाम्रो जीवनमा सकरात्मक र नकरात्मक ऊर्जाको कति धेरै प्रभाव पर्छ रु घरमा सकरात्मक र नकरात्मक ऊर्जासँग जोडिएको चिजहरुलाई वास्तुशास्त्र भनिन्छ तर आधुनिक समयका मानिसहरु वास्तुशास्त्रमा खसै बिश्वास गर्दैनन् । जबकि वास्तुशास्त्रले हाम्रो जीवनको दिशालाई नयाँ दिशामा मोड्न सक्छ। जन्नुहोस् वास्तुशास्त्रका अनुसार घरमा कुन कुन चिजहरु राख्दा तपाईको घरमा लक्ष्मीको बास हुनेछ।
१. घरमा राख्नुहोस् बासुरी : बासुरीलाई बास्तु दोष निर्मुल गर्नमा निकै खास मानिन्छ। यदि आर्थिक समस्याबाट मुक्ति पाउन छ भने घरमा चाँदिको बासुरी राख्न राम्रो हुन्छ। वास्तु शास्त्र अनुसार, सुनको बासुरी घरमा राख्दा घरमा लक्ष्मीको वास बनि रहन्छ । यदि सुन वा चाँदिको बासुरी सम्भव नभए वाँसको बासुरी पनि राख्दा राम्रो हुन्छ ।
२. भगवान गणेशको नृत्य गरेको मुर्ति : भगवान गणेश हर रुपमा मंगलकारी हुन्, तर धन(लक्ष्मीको दुख दुर गर्नको लागि नृत्य गरेको गणेश मुर्ति घरमा राख्नाले निकै शुभ मानिन्छ। भगवान गणेशको यस्तो मुर्ति घरको मुख्य द्वारमा राख्दा राम्रो हुन्छ । यदि मुर्ति छैन भने तस्बिर पनि राख्न सकिन्छ।
३.घरको मन्दिरमा राख्नुहोस् लक्ष्मी र कुबेरको मुर्ति या तस्बिर : देवी लक्ष्मीको तस्वीर वा मूर्ति त लगभग सबैको घरमा हुन्छ, तर धन(धान्य पाउनको लागि देवी लक्ष्मीको साथै भगवान कुबेरको मूर्ति वा तस्वीर राख्न जरुरी हुन्छ । स्थाई धन लाभको लागि घरमा देवी लक्ष्मी र भगवान कुबेर दुबैको पुजा गर्नुपर्छ । भगवान कुबेर उत्तर दिशाका स्वामी मानिन्छ, त्यसैले उनलाई सँधै उत्तर दिशामा राख्नुपर्छ।
४. घरको मन्दिरमा शंख राख्न शुभ हुन्छ : वास्तुका अनुसार, शंखमा वास्तु दोष हटाउने अद्भुत शक्ति हुन्छ, जुन घरमा शंख राखिएको हुन्छ त्यहाँ जुन कुरा पनि राम्रो हुन्छ । शास्त्रका अनुसार, जुनको पूजा स्थलमा देवी लक्ष्मीको साथ शंखको स्थापना पनि गरिएको छ र पुजा गरिन्छ भने त्यहाँ स्वयम लक्ष्मी माताको वास हुन्छ । यस्तो घरमा कहिले पनि धनको परिशानी हुँदैन।
५. एकाक्षी नरिवल : नरिवललाई श्रीफल भनिएको छ र यसलाई देवी लक्ष्मीको स्वरूप मानिन्छ । श्रीफलहरु मध्य एकाक्षी नरिवल निकै नै शुभ हुन्छ । जुन घरमा एकाक्षी नरिवल राखिएको हुन्छ र नियमित पुजा गरिन्छ, त्यहा संकट कहिले पनि नआउने मान्यता छ, न त कहिले धन-धान्यको कमी हुन्छ।
June 12, 2019 11:07 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो