अमिताभ बच्चनकी नातिनी कोसँग डेट गरिरहेकी छिन्?
मुम्बई। बलिउड सुपरस्टार अमिताभ बच्चनकी नातिनी नब्या नबेलीले फिल्म क्षेत्रमा आउन यसअघि देखि नै अस्वीकार गर्दै आएकी छिन्। तर, सामाजिक सञ्जालमा उनका तस्बिरहरु सधैँ चर्चामा हुने गर्दछन्। नब्या नबेलीको सम्बन्धलाई लिएर धेरै चर्चा र अड्कलबाजी हुने गरेका छन्। फेरि एक पटक यस्तै चर्चाले बलिउड तताएको छ। अमिताभकी नातिनी नब्या अभिनेता जावेद जाफरीका छोरा मिजान जाफरीसँग डेटिङमा रहेको खबरले चर्चा चुलिएको हो।
मिजान बलिउड प्रवेश गर्दैछन्। आफ्नो पहिलो चलचित्र प्रचारको क्रममा मुम्बई टाइम्सलाई दिएको एक अन्तर्वार्तामा मिजानले अमिताभकी नातिनी नब्यासँगको रिलेसनको बारेमा बोलेका छन्। यही सम्बन्धको बारेमा सोधिएको एक प्रश्नमा उनले नब्या र आफ्नो साथी सर्कल एकै भएको प्रतिक्रिया दिएका थिए। नब्या आफ्नी बहिनीको असल साथी भएको र आफ्नो पनि साथी भएको उनले बताएकँ थिए। तर, आफूहरु रिलेसनमा नरहेको उनले स्पष्ट पारेका थिए।
सन् २०१७ मा एक तस्बिरका कारण अमिताभकी नातिनी नब्या चर्चाको शिखरमा पुगेकी थिइन्। उक्त तस्बिरमा उनीसँगै देखिएका व्यक्ति मिजानसँग मिल्दोजुल्दो रहेको थियो। यस तस्बिर सार्वजनिक भए लगत्तै उनीहरुको रिलेसनसिपको चर्चा व्यापक भएको थियो। सञ्जयलिला भन्सालीको फिल्मबाट डेब्यू गर्न लागेका मिजान नब्यासँगको रिलेनसनपछि थप चर्चामा छन्। यो फिल्ममा भन्सालीकी भान्जी शरमिन सहगल पनि देखिनेछिन्। यो लव स्टोरी फिल्म मंगेश हडवालेले निर्देशन गरेका हुन्। फिल्म जुन ५ मा रिलिज हुदैँछ।
June 12, 2019 12:39 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो