सलमान खानको लागि रोहित शेट्टीले ‘सूर्यवंशी’ को प्रदर्शन मिति पछि सारे
सन् २०२० को इदको अवसरमा अभिनेता सलमान खान र अक्षय कुमारको चलचित्र जुध्ने पक्का थियो । तर हालै सार्वजनिक खबर अनुसार, यी दुई अभिनेताबीचको टक्कर टरेको छ बलिउडका खेलाडी अक्षय कुमार अभिनित फिल्मका निर्देशक रोहित शेट्टीले सलमान खानका कारण चलचित्र ‘सूर्यवंशी’ को प्रदर्शन मिति परिवर्तन गरिदिएका छन् । अभिनेता सलमान खान १२ वर्षपछि सञ्जय लीला भन्सालीसँगै चलचित्र ‘इन्शाअल्लाह’ मा काम गरिरहेका छन् । चलचित्रमा सलमान खानको जोडीको रुपमा अभिनेत्री आलिया भट्ट हुनेछिन् ।
‘इन्शाअल्लाह’ का निर्माताहरुले चलचित्रको प्रदर्शन मिति सन् २०२० को इदमा तय गरिसकेका छन् । यस कारण सलमान खान इदकै अवसरमा रिलिज हुने भनिएको फिल्म ‘सूर्यवंशी’ को प्रदर्शन मिति परिवर्तन गराउने कोसिसमा थिए । सलमान खानको अनुरोधपछि ‘सूर्यवंशी’ का निर्देशक रोहित शेट्टीले आफ्नो चलचित्रको प्रदर्शन मिति परिवर्तन गरेका छन् । त्यसपछि सलमान खानले सामाजिक सञ्जाल ट्विटरमार्फत रोहित शेट्टीलाई धन्यवाद दिँदै ‘सूर्यवंशी’ काे नयाँ मिति सार्वजनिक गरेका छन् ।
सलमानले लेखेका छन् ‘म सधैँ सोच्थेँ, उ मेरो सानो भाइ हो र अहिले उसले त्यो कुरा सावित गरिदिएको छ । ‘सूर्यवंशी’ २०२० मार्च २७ मा रिलिज हुनेछ ।’’सिंघम’ सिरिजको चौथो चलचित्र ‘सूर्यवंशी’ सन् २०२० मार्च २७ मा प्रदर्शन हुनेछ । रोहित शेट्टीको यो चलचित्रमा अक्षय कुमारका साथै कट्रिना केफको पनि मुख्य भूमिका हुनेछ । अक्षय कुमारले यो चलचित्रमा प्रहरीको भूमिका निर्वाह गर्नेछन् । रोहित शेट्टीको निर्देशनमा बन्ने ‘सूर्यवंशी’ को निर्माण करण जोहरले गर्नेछन् ।
June 13, 2019 10:20 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो