Friday 27th February 2026

यी चीज पुजा कोठमा राख्नुहोस्, आउने छ सकारात्मक सोच !

7 years अगाडी

कुनै पनि धार्मीक कार्यका दौरानमा शंखको बजाउनु हिन्दु धर्मको एक महत्वपूर्ण विशेषता मानिन्छ। यो धार्मीक विधिको पुजा पाठ, तथा रिती रिवाजका क्रममा अप्नाउनु महत्वपूर्ण मानिन्छ।पुजामा शंख बजाउनु तथा यसको प्रयोगका फाइदाका बारेमा आज हामी तपाईलाई जानकारी दिदै छौँ:-

१. धार्मीक मान्यताका अनुसार पुजा आरम्भ गर्नुभन्दा पहिले ३ पटक शंख बजाउदा वातावरणमा भएको सबै किसिमको अशुद्ध हट्ने तथा नकारात्मक उर्जा नष्ट हुने गर्नछ।

२. कुनै पनि पुजा आरती बिना पुरा नहुने विश्वास गरिन्छ।

३. शंख बजाउने समय व्यक्तिको मुख माथि तर भगवानको सामुन्ने हुनु पर्दछ।

४ . घरमा शंख राख्दा भगवान विष्णु र लक्ष्मीको कृपा प्राप्त हुने विश्वास गरिन्छ।

५. शंखको जलले शिव, लक्ष्मी आदी भगवान्को अभिषेश गर्नुपर्दछ। यसो गर्दा भगवानको कृपा प्राप्त हुने धार्मीक विश्वास छ।

त्यस्तै आरतीको अन्तिममा पनि शंख बजाउनु पर्दछ। पुजा स्थलमा विभिन्न देवी देवता तथा प्राकृतिक शक्तिको उर्जा प्रवाह आफूलाई प्राप्त होओस् वा सत तत्वको प्रधानता स्थापना होस् भन्ने उद्देश्यले यस्तो काम गर्ने विश्वास छ।

          June 15, 2019 12:19 pm | टिप्स/जानकारी


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...