अक्षय कुमारले हात जोड्दै फ्यानहरुलाई भने: नकारात्मक कुराको पछि नलाग्नुहोस्
सूर्यवंशी’ को प्रदर्शन मिति परिवर्तन गरिएको भन्दै भड्किएका फ्यानहरुलाई अभिनेता अक्षय कुमारले हात जोड्दै नकारात्मक कुराको पछाडि नलाग्न अपिल गरेका छन् । अक्षयले आफ्नो ट्वीटर एकाउन्टमा ट्वीट गर्दै लेखेका छन्, ‘पछिल्ला केही दिनदेखि मेरा नजिकका अर्थात् तपाइँहरुले नकारात्मक ट्रेण्ड चलाइरहनु भएको छ । तपाइँहरुको रिसलाई बुझ्न सक्छु । म केवल हात जोडेर बिन्ति गर्न चाहन्छु कि यस किसिमका ट्रेण्डको सुरुवात नगर्नुहोस् र यस्तो नकारात्मक कुराको पछाडि नलाग्नुहोस् । मैले ‘सूर्यवंशी’ एकदमै सकारात्मक दृष्टिकोणका साथ सुरु गरेको थिए । तसर्थ यसलाई त्यही रुपमा बन्न र प्रदर्शन हुन दिनुस् ।’
यस अघि रोहित शेट्टीको निर्देशनमा बन्दै गरेको तथा अक्षय कुमार र कट्रिना केफको अभिनय रहने चलचित्र ‘सूर्यवंशी’ सन् २०२० को इदको अवसरमा रिलिज हुने बताइएको थियो । तर पछि सलमान खानको चलचित्र ‘इन्शाअल्लाह’ सँग जुध्ने भएपछि ‘सूर्यवंशी’ तोकिएको मिति भन्दा दुई महिनाअघि २७ मार्च २०२० मा सारिएको छ । चलचित्रको मिति परिवर्तन भएपछि सलमान खानले रोहित शेट्टी आफ्नो ‘भाइ’ सरह रहेको र त्यो कुरालाई रोहितले पनि साबित गरिदिएको भन्दै ट्वीट गरेका थिए । सलमानले ‘सूर्यवंशी’ को परिवर्तित प्रदर्शन मिति पनि सार्वजनिक गरेका थिए । अक्षयको चलचित्रको मिति अचानक परिवर्तन भएपछि उनका फ्यानहरुलाई यो कुरा चित्त बुझेन । फ्यानहरुले निर्देशक रोहित शेट्टीले अक्षय कुमारको इच्छा विपरीत चलचित्रको प्रदर्शन मिति परिवर्तन गरेको आरोप लगाइरहेका छन् । अक्षयका फ्यानहरुले रोहित शेट्टीविरुद्ध ट्विटरमा क्याम्पेन चलाउँदै ट्रोल गरेका थिए ।
June 19, 2019 10:34 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।