Saturday 2nd May 2026

भीडमा फसेकी दिशा पाटनीलाई टाइगरले यसरी बचाए

7 years अगाडी

मुम्बई। भारतीय अभिनेत्री दिशा पाटनी बेला बेलामा आफ्नो व्याइफ्रेण्ड टाइगर श्राफसँग सार्वजनिक स्थलमा देखापर्छिन्। केहीदिन अगाडि उनीहरु दुवैलाई मुम्बईको एउटा रेस्टुरेन्ट बाहिर देखियो। दिशा पाटनीले आकर्षक पहिरन लगाएकी थिइन्।

टाइगर श्राफले भने ग्रे टी–शर्ट र जिन्स पाइन्ट लगाएका थिए। उनीहरु रेस्टुरेन्ट बाहिर निस्किएपछि फ्यानले उनीहरुलाई घेरा हाले। फ्यानले घेरा हालेपछि टाइगर श्राफ एक प्रोटेक्टिभ ब्वाइफ्रेण्ड जस्तै गरी दिशा पाटनीलाई भीडबाट बाहिर निकाले। दिशा अगाडि अगाडि हिँडिन भने टाइगरले उनलाई सुरक्षा प्रदान गरेका थिएर

केही दिन पहिला दिशाको २७ औं जन्मदिनको अवसरमा पनि उनलाई फ्यानले घेरेका थिए। त्यतिबेला पनि टाइगरले नै उनलाई भीडबाट निकालेका थिए। करियरको सुरुदेखि नै उनीहरु आफ्नो रिलेशनशीपलाई लिएर खुला छन्। एक अन्तर्वातामा टाइगरका बुवा ज्याकी श्राफले के थाहा आगामी दिनमा उनीहरुबीच विवाह पनि हुन सक्छ भन्ने अभिव्यक्ति दिएका थिए। यो जोडीले फिल्म बागी २ मा सँगै काम गरेका छन्।

          June 19, 2019 12:26 pm | मनोरञ्जन


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...