

भीडमा फसेकी दिशा पाटनीलाई टाइगरले यसरी बचाए

मुम्बई। भारतीय अभिनेत्री दिशा पाटनी बेला बेलामा आफ्नो व्याइफ्रेण्ड टाइगर श्राफसँग सार्वजनिक स्थलमा देखापर्छिन्। केहीदिन अगाडि उनीहरु दुवैलाई मुम्बईको एउटा रेस्टुरेन्ट बाहिर देखियो। दिशा पाटनीले आकर्षक पहिरन लगाएकी थिइन्।
टाइगर श्राफले भने ग्रे टी–शर्ट र जिन्स पाइन्ट लगाएका थिए। उनीहरु रेस्टुरेन्ट बाहिर निस्किएपछि फ्यानले उनीहरुलाई घेरा हाले। फ्यानले घेरा हालेपछि टाइगर श्राफ एक प्रोटेक्टिभ ब्वाइफ्रेण्ड जस्तै गरी दिशा पाटनीलाई भीडबाट बाहिर निकाले। दिशा अगाडि अगाडि हिँडिन भने टाइगरले उनलाई सुरक्षा प्रदान गरेका थिएर
केही दिन पहिला दिशाको २७ औं जन्मदिनको अवसरमा पनि उनलाई फ्यानले घेरेका थिए। त्यतिबेला पनि टाइगरले नै उनलाई भीडबाट निकालेका थिए। करियरको सुरुदेखि नै उनीहरु आफ्नो रिलेशनशीपलाई लिएर खुला छन्। एक अन्तर्वातामा टाइगरका बुवा ज्याकी श्राफले के थाहा आगामी दिनमा उनीहरुबीच विवाह पनि हुन सक्छ भन्ने अभिव्यक्ति दिएका थिए। यो जोडीले फिल्म बागी २ मा सँगै काम गरेका छन्।
June 19, 2019 12:26 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

