

बेली डान्स गर्दा जान्हवीलाई किन गाली ?

डेब्यु फिल्म ‘धडक’पछि जान्हवी कपूरले लामो समय विश्राम लिइन् । अहिले भने उनी ‘रुह अफजा’को छायांकनमा व्यस्त हुन थालेकी छिन् । यसबीचमा उनी कहिले बोल्ड पहिरन त कहिले फिटनेसको भिडियोले चर्चामा आइरहिन् ।
पछिल्लो समय उनको चर्चा चाहि एक बेली डान्सको कारण भएको छ । श्रीदेवीकी यी चुलबुले छोरीले बेली डान्स गरिरहेको भिडियो इन्स्टाग्राममा पोस्ट गरिन् । जसै उनले भिडियो पोस्ट गरिन्, ताली होइन गालीको बषर्ा भयो । सेतो फिटिङ्स हाफ पाइन्ट र पिंक टिसर्टमा ठाँटिएकी उनले बेली डान्स गरेको देखिन्छ ।जान्हवीले बेली डान्सको बेइज्ज गरेको भन्दै दर्शकले उनलाई गाली गरेका छन् ।
जान्हवीले क्वाटर लगाएर बेली डान्स गर्ने अभ्यास गरेकी छिन् । भिडियो पोस्ट गर्दिनेले जान्हवीको बेली डान्स क्यासनमा भिडियो पोस्ट गरिदिए । उक्त क्याप्सनसँग रिस पोख्दै उनलाई गाली गरेका हुन् । धेरैले उनको नृत्य बेली डान्स जस्तो नभएको प्रतिकृया दिएका छन् ।
त्यहाँ आएका प्रतिकृयामा बेली डान्सको कुरामात्र छैन् । त्यहाँ जान्हवीको अभिनयलाई लिएर पनि प्रश्न उठाइएको छ । उनलाई अभिनय पनि गर्न नआउने भन्दै धेरैले गाली गरेका छन् । धेरैले जान्हवीले अभिनय र नृत्य दुबै सक्नु पर्ने सुझाव पनि दिएका छन् ।
जान्वीले डेब्यु चलचित्र ‘धडक’बाट धेरै प्रशंसा पाएकी थिइन् । उक्त चलचित्रमा जान्हवीले ईशान खट्टरसँग रोमान्स गरेकी थिइन् । धडकपछि उनी रुह अफजामा देखापर्दैछिन् । यो चलचित्रको अहिले धमाधम छायांकन भइरहेको छ । यसमा जान्हवीसँगै राजकुमार राव र वरुण शर्माले मूख्य भूमिका निर्वाह गर्दैछन् । एक साताअघि मात्र यी तीन कलाकारले आ-आफ्नो शोसल मिडिया एकाउन्टमा चलचित्रको क्ल्यापबोर्डको तस्वीर साझेदार गर्दै छायांकन सुरु भएको जानकारी गराएका थिए । यस चलचित्रलाई हार्दिक मेहताले निर्देशन गर्दैछन् ।
June 20, 2019 10:51 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

