Wednesday 23rd July 2025

इच्छाइएको बेला बच्चा जन्माउन अपनाउनुहोस् यस्तो विधि

6 years अगाडी

काठमाडौ । मानव जीवनमा धेरैलाई यौन जीवनदेखि सन्तुष्टि हुँदैन । विवाहपछि सम्बन्ध विच्छेद भएर भएर जाने कारण पनि धेरैले यौन सम्बन्धलाई आधार मान्ने गर्दछन् । यो अनिवार्य तर समाजमा गौण रहेको विषय हो ।बच्चा नहुने देखि अन्य धेरै खालका समस्याहरु एक बिबाहित जोडिले सामना गर्नुपर्छ । आज हामी त्यसैका बारेमा चर्चा गर्न खोज्दैछौ । नियमित रूपमा बदाम, ओखर र हेजलनटजस्ता फल खाँदा शरीरमा स्वस्थ शुक्रकीट उत्पादन बढ्ने एउटा वैज्ञानिक शोध बताउँछ ।चौध हप्तासम्म दैनिक दुई मुट्ठी बदाम, ओखरको दिउल र हेजलनट सेवन गरेका पुरुषहरूमा शुक्रकीटको कुल सङ्ख्या बढेको र तिनमा भरिला शुक्रकीट पनि धेरै पाइएको वैज्ञानिकहरूले बताए । पाश्चात्य जगत्मा प्रदूषण, धूमपान एवम् खानपिन आदिका कारणले वीर्यमा शुक्रकीटको सङ्ख्या घट्ने क्रम देखिएका बेला यस्तो सोध गरिएको छ ।

ललितपुरको जावालाखेलस्थित अल्का आइभिएफ एण्ड फर्टिलिटि सेन्टरमा टेष्ट ट्युब बेवी बिशेषज्ञ डा। नुतन शर्मा नेपाल लगायत दक्षिण यसियाका देशमा पुरुषमा सन्तान उत्पादक कमि हुँदै जानुको कारण आलश्य, खानपान नै पहिलो कारण भएको बताउँछिन् । खानपान स्वस्थ जीवनयापनका लागि आराम, ब्यायम गर्ने हो भने क्षयकरण भइरहेको सन्तान उत्पादकत्वको तत्वलाई बचाउन सकिने उनको तर्क छ ।महिनावारी सुकेको ४ बर्षपछि पनि काठमाडौंकी एक महिला आइभिएफ अर्थात टेष्ट ट्युब बेवी पद्धतीको उपचारबाट आमा बन्न सफल भएपछि बच्चा देखाउँदै ललितपुरको जावालाखेलस्थित अल्का आइभिएफ एण्ड फर्टिलिटि सेन्टरमा टेष्ट ट्युब बेवी बिशेषज्ञ डा. नुतन शर्माको टीम । यो उहाँहरुको मात्र नभई नेपाली चिकित्सा क्षेत्रका लागि नै ठूलो सफलता हो ।

शोधकर्ताहरूका अनुसार स्वस्थ खानाले गर्भाधानको सम्भावना बढाइदिने प्रमाण फेला परेको छ । अहिले सातमध्ये एक जोडीमा गर्भाधान नहुने समस्या छ । झन्डै ४० देखि ५० प्रतिशत बाँझोपन पुरुषका कारण हुने गरेको अध्यन बताउँछ । वैज्ञानिकहरूले १८ देखि ३५ वर्ष उमेर भएका ११९ स्वस्थ पुरुषहरूलाई दुई समूहमा विभाजित गरेर अनुसन्धान गरेका थिए ।एउटा समूहका प्रत्येक पुरुषलाई ६० ग्राम बदाम, ओखर र हेजलनट नियमित भोजनसँग दिइयो भने अर्को समूहको भोजनमा परिवर्तन गरिएन । बदाम आदि फल खाने समूहको शुक्रकीटको सङ्ख्या र गुणमा सुधार आयो तर अन्यकोमा सुधार आएन ।

सङ्ख्यामा १४ प्रतिशतले, क्षमतामा ४ प्रतिशतले, गतिशीलतामा ६ प्रतिशतले, आकारमा १ प्रतिशतले परिवर्तन देखिनमा आयो । तपाईलाई भनौ यी सबै विश्वस्वास्थ्य सङ्गठनले शुक्रकीटको गुणस्तरका लागि तोकिदिएका मापदण्ड हुन् । र, यिनको पुरुषको प्रजनन क्षमतासँग राम्रो सम्बन्ध हुने गर्दछ ।ओमिगा ३ फ्याटी एसिड, एन्टिअक्सिडेन्ट र भिटामिन बी फोलेटले प्रजननशक्ति बढाउन सघाउँछन् भन्ने अरू शोधहरूको निष्कर्षलाई यसले समर्थन गरेको विज्ञहरूले बुझाई रहेको छ । बदाम र ओखरजस्ता फलहरूमा यी र अन्य पोषक तत्त्वहरू हुने भएको हुँदा विर्य उत्पादमा गम्भीर प्रभाव पर्ने गर्छ । अहिले स्वस्थ आहार र जीवनशैलीले गर्भाधानको सम्भावना बढाउँछ भन्ने मान्यतालाई समर्थन गर्ने वैज्ञानिक प्रमाण थपिँदै गएको यौन विषयमा राम्रो अध्यन गरेका डाक्टरहरु बताउँदै आएका छन् । तर अध्ययनमा संलग्न पुरुषहरू स्वस्थ र प्रजनन गर्न सक्षम ठानिएकाले यो शोधको परिणाम प्रजननमा समस्या भएका व्यक्ति र अन्य पुरुषमा लागु होला कि नहोला त्यो स्पष्ट हुन सकेको छैन ।

सो शोधमा संलग्न नभएका शेफिल्ड विश्वविद्यालयका प्राध्यापक एवम् पुरुष प्रजनन अङ्गमा हुने रोगका विशेषज्ञ आलन पेसीका अनुसार बदाम र ओखर ख्वाइएका पुरुषहरूमा शोधको परिधिमा नपरेका अन्य सकारात्मक प्रभावहरू पनि हुँदैनन भन्ने हुँदैन ।भ्रूणशास्त्रमा विशेषज्ञता भएकी चिकित्सिक भर्जिनिया बोल्टनले यी खोजहरू ‘प्राज्ञिक रूपमा चाखलाग्दा’ भए पनि यिनले कसरी गर्भाधानको सम्भावना बढाउँछन् त्यो भन्न भने असम्भव रहेको स्पष्ट पारिन् । उनका अनुसार बिरामीलाई मदिरा नपिउन, धूमपान नगर्न र स्वस्थ आहारविहार गर्न उत्प्रेरित गरिराख्नुपर्छ ।

          June 23, 2019 11:11 am | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...