३३ बर्षकी पुगिन् नम्रता : बाल्यकाल र टिनेजमा कस्ती थिइन् ?
काठमाडौ । नायिका नम्रता श्रेष्ठ जेठ ३१ गते बाट ३३ वर्ष पुगेकी छिन् । उनले उनले गएको हप्ता आफ्नै एटिक रेष्टुरेन्टमा ‘जाइरा’ फिल्म टिमसँग आफ्नो जन्मदिन मनाइन् । नम्रताको मुख्य भूमिका रहेको जाइरा भदौ ६ गतेदेखि प्रदर्शन हुँदैछ ।
जन्मदिन मनाउँदै गर्दा आफुले कहिलै उमेर नलुकाएको नम्रताले बताइन् । उनले भनिन, ‘मैंले कहिल्यै पनि आफ्नो उमेर लुकाउने गरेको छैन । म आज देखि ३३ वर्ष पुगें ।’ उनको जन्मदिनमा जाइरा टिमबाट कलाकारहरु अनुपविक्रम शाही, सृजना रेग्मी, रेमनदास श्रेष्ठ, प्रमोद अग्रहरी, निर्देशक आशुतोष श्रेष्ठ, निर्माता प्रशन्न गोपाली लगायत उपस्थित थिए ।
नम्रताले जाइरा को लागि मार्सल आर्ट पनि सिकेकी छिन् । नम्रतालाई शान्त स्वभावको नायिकाको रुपमा चिनिन्छ, तर उनले आफु सानोमा झगडालु स्वभावको भएको बताइन् । उनले भनिन्, ‘म सानोमा झगडालु स्वभावकै थिएँ । तर जति ठूलो हुँदै गए झगडा नगर्ने खाल्को भएँ । जाइराले त्यो शक्ति फर्काउँन प्रोत्साहन गर्यो । अहिले सशक्त भएको महसुस भइरहेको छ ।’ उनले किशोर अवस्थामा अति नै जिज्ञासु भएको सुनाईन् ।
June 23, 2019 11:56 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर