Tuesday 23rd December 2025

ज्ञानेन्द्र र परासको सम्बन्ध सुध्रियो ! जन्मदिन मनाउन पूर्वराजा परिवार नेपालगञ्जमा

7 years अगाडी

पूर्वराजा ज्ञानेन्द्र शाह अहिले सपरिवार बाँकेको नेपालगञ्जमा रहेका छन् । उनी यही असार २३ गते परेको आफ्नो जन्मदिन मनाउन नेपालगञ्ज पुगेका हुन् । आफ्नो ७२औं जन्मदिन भव्यरुपमा मनाउन पूर्वराजा ज्ञानेन्द्र श्रीमती कोमल, छोरा पारस, बुहारी युवराज्ञी, छोरी प्रेरणा, नाति हृदेयन्द्रसहित बुधबार नेपालगन्ज पुगेका हुन् ।

करिब १० दिन नेपालगञ्ज रहने ज्ञानेन्द्र शाहसहित पूर्वराज परिवारलाई विमानस्थलमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले :वागत गरेका थिए । साथै, विभिन्न संघसंःथा तथा राजसंःथा पक्षधरहरूको उल्लेखनीय सहभागिता थियो । लामो समयदेखि परिवारबाट अलग्गै बस्दै आएका पूर्वयुवराज पारस पनि बुबाको जन्मदिन मनाउन नेपालगन्ज पुगेका छन् । जसले उनीबीच फाटो आएको भनिएको सम्बन्ध सुध्रिएको प्रष्टिन्छ । उनीहरू एउटै विमानबाट नेपालगञ्ज पुग्नुले सम्बन्ध सुध्रिएको देखिएको हो ।

          July 6, 2018 10:59 am | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...