यीनी हुन् ‘प्रेम गीत ३’ मा प्रदिपकी हिरोइन, हेुर्नहोस् क्रिस्टिनासँगको पहिलो अन्तर्वार्ता
काठमाडौं । बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत ३‘ को ‘गीत’को भूमिका लागि अभिनेत्रीको छनोट कार्य समाप्त भएको छ । आइतबार ‘गीत’को भूमिकाका लागि निर्माण टिमले क्रिस्टिना गुरुङ खड्कालाई अनुबन्धित गरेको हो । क्रिस्टिना अमेरिकामा बस्दै आएकी छिन् ।उनी चलचित्रको अडिसनका लागि नेपाल आएकी थिइन् । निर्माण टिमले यस चलचित्रको ‘गीत’को भूमिकाका लागि अडिसन आह्वान गरेको थियो । जसमा २७ सय भन्दा बढीले आवेदन दिएका थिए ।
निर्माण टिमले अडिसनबाट उत्कृष्ट २५ छनोट गर्दै आइतबार ‘गीत’ क्यारेक्टरका लागि क्रिस्टिनालाई फाइनल घोषणा गरेको हो । केही म्यूजिक भिडियोमा अभिनयसमेत गरिसकेकी उनी अमेरिकाको बाल्टिमोर युनिभर्सिटीमा आइटी बिषयमा स्नातक पढ्दैछिन् ।यस चलचित्रलाई छेतेन गुरुङ र निर्मातासमेत रहेका सन्तोष सेनले निर्देशन गर्दैछन् । चलचित्रमा कथासमेत निर्देशकद्वयको नै रहेको छ । चलचित्रमा प्रदिप र क्रिस्टिनासँगै शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, अनुभव रेग्मीलगायतका कलाकारहरुको अभिनय रहनेछ । चलचित्र चैत २८ मा रिलिज हुनेछ । यस अघि यस चलचित्रका दुईवटा सिक्वेल हिट भैसकेका छन् ।हेर्नुहोस् उनी सेलेक्ट भएपछिको पहिलोे अन्तर्वार्ता
July 2, 2019 2:52 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।