

श्रीमान्-श्रीमतीको सम्बन्धमा शिष्टाचार कति अनिवार्य ?

श्रीमान्-श्रीमती आपसमा खुलस्त हुनुपर्छ । पारदर्शी हुनुपर्छ । हामी यसै भन्छौं । कुरा सही पनि हो, दम्पतीले एकअर्कालाई छल्ने, लुकाउने गरेमा त्यहाँ शंकाको विउँ रोपिन्छ । शंकाले सम्बन्धमा फाटो ल्याउँछ ।
त्यसो भन्दैमा श्रीमान र श्रीमतीबीच कुनै दुरी रहनुहुन्न, गोपनियता रहनुहुन्न भन्ने पनि होइन । कतिपय कुरा नितान्त व्यक्तिगत हुन्छन् र त्यसमा गोपनियता पनि आवश्यक हुन्छ । यसैगरी दाम्पतीबची मर्यादा र केही सीमा पनि हुन्छन् ।श्रीमान्-श्रीमतीबीचको माया-प्रेम सधैं प्रगाढ रहिरहोस् भन्नाका लागि आपसी माया-प्रेम सँगसँगै संवादमा शालीनता, सहजता र शिष्टता हुन आवश्यक छ ।
श्रीमान-श्रीमतीबीचको माया-प्रेम सधैं प्रगाढ रहिरहोस् भन्नाका लागि शिष्टाचार हुनु अति नै आवश्यक छ । एक-आपसमा शिष्टाचार भएन भने सम्बन्धमा नकारात्मक प्रभाव पर्छ श्रीमान्-श्रीमतीबीच पनि शिष्टाचार जस्तो औपचारिकता आवश्यक छ भन्ने कुरा सुन्दा अथवा पढ्दा जो कोहिलाई आश्र्चय लाग्न सक्छ । तर, कतिपय श्रीमान्-श्रीमतीबीच मनमुटाव हुने, स-साना झगडा तथा अनावश्यक वहस हुने जस्ता समस्याहरु शिष्टाचारको अभावका कारण हुन सक्छ ।
शिष्टाचारको कमिका कारण हामी अशिष्ट भाषाको प्रयोग गछौं र अञ्जानमा एक-अर्कालाई अपमानित गरिरहेका हुन्छौं । श्रीमान्-श्रीमतीको सम्बन्धमा मान-सम्मान र माया-प्रेम अझ प्रगाढ होस् भन्नका लागि निम्न कुरामा ध्यान दिनु आवश्यक छ ।
-श्रीमान्-श्रीमतीले सधै एक अर्काको कुरालाई ध्यान दिएर सुन्नु पर्छ । तपाईंहरुले एक-अर्काको कुरा राम्रोसंग ध्यान दिएर सुन्नु भएन भने तपाईले आफ्नो पार्टनरको कुराप्रति महत्व नदिएको भन्ने बुझिन्छ ।
-सधै हरेक कुरामा टोलाइ रहनुले पनि विस्तारै सम्बन्धमा तनाव उत्पन्न गराउन सक्छ .। यदि तपाईंलाई पाटर्नरको कुरा चित्त बुझेको छैन भने त्यसलाई मायाले सम्झाउन पर्छ । .
-आपसी कुराकानीमा शब्दको चयन पनि महत्वपुर्ण हुन्छ ।. सरी, थ्यांक यू र प्लीज जस्ता शब्दको प्रयोगले केवल शिष्टाचारमात्र दर्शाउने हैन, सम्बन्ध बलियो बनाउन पनि सहयोग गर्छ ।
-यदि घरमा पहुना आएका छन् र आपसी केहि समस्या छ भने पनि पहुनाको अगाडि व्यवहारमा सहजता र प्रेम झल्काउनु पर्छ । पाहुनालाई तपाईहरुबीच केही समस्या छ भन्ने कुरा थाहा दिनु हुँदैन ।.
-एक-अर्कालाई सहयोग गर्नु यो सम्बन्धमा अति नै आवश्यक छ । आपसी काममा जति सक्दो सहयोग गनुहोस् ।. यदि काममा सहयोग गर्न सक्नु हुन्न भने काम बढाउने पनि नगर्नुहोस् ।.
-एक-अर्कासँग हाँसो ठट्टा गरे पनि कहिल्यै व्यंग्य गर्नु हुँदैन । एक-अर्काको खिल्लि उडाउने र व्यंग्य गर्ने जस्ता व्यवहारले श्रीमान्-श्रीमतीबीच शत्रुको जस्तो सम्बन्ध हुन सक्छ ।.
-एक-अर्काको परिवारको बारेमा कहिल्यै होच्याउने किसिमको कुराहरु गर्नु हुँदैन । सधै एकअर्काको परिवारको सम्मान गर्नु पर्छ । यसले तपाईहरुको सम्बन्धमा पनि सम्मान अझ बढ्छ ।
-रिस उठेकेा बेलामा सकेसम्म कुरा नगर्नुहोस् । कुरा गर्नु नै परेमा रिसलाई काबुमा राख्नुहोस् ।
-सम्भव भएसम्म बहस नगर्नुहोस् अथवा बहस हुने स्थिति नै उत्पन्न हुन नदिनुहोस् । यदि बहस भइहालेमा असभ्य अथवा अशिष्ट भाषाको प्रयोग गर्नु हुँदैन । रिसमा बोलिएको कुराले भावी जीवनमा नकारात्मक प्रभाव पार्न सक्छ ।
-बदलाको भावना मनमा राख्नु हुँदैन । कुनै समयमा गरिएको कुरालाई मनमा बदलाको भावना स्वरुप राखिरहँदा सम्बन्धमा माया प्रेमको ठाउँ बदला र घृणाले लिन्छ ।
-बिहान-बेलुका खाना खाँदा गम्भिर अथवा विवादास्पद कुरा गर्नु हुँदैन । रमाइलो र आनन्दका साथ खाना खानु पर्छ ।
-एक-अर्काको फोन अनावश्यक चेक गर्नु हुँदैन । फोनमा कुरा गर्दा ठूलठूलो स्वरले बोल्नु हुँदैन ।
-यदि तपाईको पार्टनरको नाममा कुनै चिठि्ठ, कुरियर, पार्सल अथवा कुनै गिफ्ट आएको छ भने त्यो पार्टनरलाई नै खोल्न दिनुपर्छ । तपाईं आफुले खोल्दा तपाईको पार्टनरलाई मन नपर्न सक्छ ।
-आफ्नो पार्टनरलाई पखाईराख्नु र भनिएको समयमा नपुग्नु पनि सम्बन्धमा नकारात्मक प्रभाव पर्ने कुरा हो ।
-आपसी शेयरिङ र केयरिङको भावना पनि आवश्यक छ । एक-अर्कालाई सपोर्ट गर्नु पर्छ । एक-आपसमा प्रतिस्पर्धाको भावना राख्नु हुँदैन । श्रीमान् श्रीमती भनेको एक-अर्काको सुख र दुःखका साथी हुन्, प्रतिद्वन्द्वि होइन । एकअर्काको प्रगति र कामप्रति खुशी हुनुपर्छ ।
-समय-समयमा एक-अर्काको प्रसंशा गरि राख्नु पर्छ र सरप्राइजहरु पनि दिइरहनु पर्छ ।
July 3, 2019 10:18 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सरकारले नौ महिनामा तीन खर्ब ६६ अर्ब रुपैयाँ ऋण उठायो

यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७४ पुग्यो

शिक्षकका माग सम्बाेधन हुनेगरी विद्यालय शिक्षा विधेयक ल्याइने

१९ वर्षमुनिको पुरुष क्रिकेट विश्वकप एशिया छनोट आजदेखि, नेपालले यूएईसँग खेल्दै

एआईमा आधारित आईभीएफ प्रविधिमार्फत विश्वकै पहिलो शिशुको जन्म

चीनमा हाइड्रोजन ड्रोनले ३० घण्टा निरन्तर उडान भरेर कीर्तिमान बनायो

जनमत-नाउपा एकीकरण: संरक्षक रेशम, अध्यक्ष सिके, सहअध्यक्ष रन्जिता

दुर्गा प्रसाईं भारतमा समातिएको चर्चा भैरहँदा प्रहरीले भन्यो, ‘अहिलेसम्म पक्राउ परेका छैनन्’

