संजय दत्तकी छोरीको ब्वाइफ्रेण्डकाे अचानक निधन
मुम्बई। बलिउड अभिनेता संजय दत्तकी छोरी त्रिशाला दत्तले इन्स्टाग्राममा आफ्ना ब्वाइफ्रेण्डको अचानक मृत्यु भएको जानकारी दिएकी छन्। इटालियन मुलका उनका ब्वाइफ्रेण्डका बारेमा धेरै जानकारी प्राप्त भएको छैन। तर, उनको निधन ३ जुलाईमा भएको बताइएको छ। ब्वाइफ्रेण्डको अचानक निधनले त्रिशाला शोकमा डुबेकी छन्। उनले समाजिक संजालमा एक स्टाटस लेख्दै आफ्नो ब्वाइफ्रेण्डप्रति श्रद्धान्जलि दिएकी छन्।
त्रिशालाले लेखेकी छन्–मेरो मन तोडिएको छ। मलाइ माया गरेकोमा, मेरो सुरक्षा गरेकोमा र मेरो हेरचाह गरेकोमा धेरै धरै धन्यवाद। तिमीले मेरो जीवनमा यति धेरै खुशी बनायौ, त्यति खुशी म कहिल्यै भएकी थिइन। तिमीसँग भेट भएपछि म संसारकै सबैभन्दा खुशी युवती बनेकी थिएँ। तिमी सधैं मेरो मनभित्र जिवितै रहन्छौ। म तिमीलाई सधैं माया गर्छु। म सधैं तिमीलाई सम्झिरहने छु।’ त्रिशाला संजय दत्त र उनकी पहिली श्रीमती ऋचा शर्माकी छोरी हुन्। उनी न्युयोर्कमा जन जे कलेज अफ क्रिमिनलबाट कानुनमा ग्रयाजुएशन हुन्। पछिल्लो समय त्रिशाला फेशन उद्योगमा आफ्नो करियर बनाउँदै छिन्।
July 5, 2019 10:40 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर