सिपाहीकी स्वास्नी बनिन् गरिमा पन्त
काठमाडौ । लामो समय बाट म्युजिक भिडियो र फिल्म क्षेत्रमा लागेर सबैको मनमा बस्न सफल नायिका गरीमा पन्तले निर्मल पौडेलद्वारा निर्देशित सर्ट फिल्म सिपाहीकी स्वास्नीमा अभिनय गरेकि छिन। कथाकार महेश विक्रम शाहको कथा ‘सिपाहीकी स्वास्नी’मा आधारित भएर बनाइएको फिल्म आइफ्लिक्सबाट सार्वजनिक गरिएको हो। फिल्ममा चलचित्र झोलाकी नायिका गरिमा पन्तको मुख्य भूमिका छ।
१० वर्षे सशस्त्र द्वन्द्वमा एउटी सिपाहीको स्वास्नीको अवस्था कस्तो रहेको थियो भन्ने विषय फिल्ममार्फत देखाउन खोजिएको छ। फिल्ममा युद्धमा गएको श्रीमानको पर्खाइमा हरेक दिन त्रासदी जीवन बाँचिरहेकी एउटी श्रीमतीले दैनिक जीवनमा कस्तो भोगाइ महसुस गर्छिन् भन्ने विषय फिल्ममा उजागर गर्न खोजेको निर्देशक पौडेलले जानकारी दिए। फिल्ममा शोभा त्रिपाठी, सरु दाहाल, प्रशान्त दाहाल लगायतका कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन्।
निर्मल फिल्म्स को प्रस्तुति रहेको यस फिल्मका निर्माता रीता पौडेल र नरहरि पौडेल हुन् भने फिल्मको पटकथा लेखन निर्मल पौडेल र रितेश गुरुङले संयुक्त रूपमा गरेका हुन्। फिल्मको छायांकन अमृत केसीको रहेको छ भने सम्पादन अधिनायकमान शेरचन र रङ संयोजन अनन्त घिमिरेको रहेको छ।
July 11, 2019 1:39 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।