कागजमा सहमति भयो तर मनमुटाव उस्तै, शिल्पाले लिइन् कडा निर्णय
काठमाडौं। चलचित्र निर्माता छविराज ओझा र उनकी पत्नी शिल्पा पोखरेलबीच कागजमा सहमति भएको छ । तर, कागजी सहमति भए पनि उनीहरुबीचको मनमुटाव भने उस्तै छ । पछिल्लो घटनाक्रमले अब उनीहरुबीच पहिलेको सम्बन्ध फेरि हुन कठिन देखिएको छ ।
शिल्पाको उजुरीपछि छविले अबका दिनमा पत्नी एवं अभिनेत्री शिल्पा पोखरेललाई गाली गजौल तथा हातपात नगर्ने भनेर सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । प्रहरीको रोहवरमा भएको छलफलमा आफ्नै पत्नी शिल्पासँग विगतमा भएको झगडाको बारेमा पति छविराजले माफी मागे । छविराजले माफी माग्दै अबका दिनमा कुनै झैझगडा तथा हातपात नगर्ने भनेर पत्नीसँग मिलापत्र गरेपछि पछि उनीहरूको विवाद टुंगिएको हो ।
तर, अभिनेत्री शिल्पाले आफ्नो ज्यानको सुरक्षालाई ध्यानमा राख्दै तत्काल घर नफर्किने बताएको राजधानी दैनिकले दावी गरेको छ । ‘मेरो ज्यानको सुरक्षा अहिले पनि नभएका कारण म अहिले नै घर फर्किन्नँ । वकिलसँग सल्लाह गरेर अब के गर्ने र कसरी म सुरक्षित हुने भन्ने ग्यारेन्टी गरेर मात्र अगाडीको कदम चाल्नेछु’ शिल्पाको भनाइ द्धिृत गर्दै राजधानीले लेखेको छ ।
July 12, 2019 1:30 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।