

छविले शिल्पालाई लेखे, – तपाई सिधै मेरो अदालतमा आउनुस्, न्याय पाउनुहुन्छ

काठमाडौं । निर्माता छविराज ओझाले आफ्नी श्रीमती तथा अभिनेत्री शिल्पा पोखरेललाई घर फर्कन आग्रह गरेका छन् । तीन वर्षअघि गुपचुप विवाह गरेका यी दुईको सम्बन्ध घरेलु हिंसाको मामिला बनेर गत साता प्रहरीकोमा पुगेको थियो ।
शिल्पाले आफू श्रीमानबाट घरेलु हिंसामा परेको भन्दै छविविरुद्ध महानगरीय प्रहरी परिषर (टेकु)मा उजुरी दिएकी थिईन् । प्रहरीकोमा पुगेको सो उजुरी छविले माफी मागेपछि मिलापत्रमा टुंगिएको थियो । यद्यपी सो क्रममा शिल्पाले आफू अदालत जाने बताएकी थिईन् ।
त्यसपश्चात यी दुईको सम्बन्ध कसरी अगाडी बढ्ला ? धेरैको कौतुहलता थियो । अन्ततः यी दुईको सम्बन्धले डिभोर्सको रुप लिने संकेत मिलेको छ । हालै एक भिडियो कुराकानीले शिल्पाले डिभोर्सको प्रक्रिया थालेको बताएकी छिन् । अब कानुन अनुसार अगाडी बढ्ने शिल्पाको भनाई छ ।
यसैबिच छविराजले फेसबुकमा स्टाटस् लेख्दै शिल्पालाई घर फर्कन आग्रह गरेका हुन् । उनले शिल्पा आफूले बुढेसकालको सहारा बनेर बस्न सके आफू आफ्ना गल्ती सच्याएर गान्धीवादी बनेर बस्ने बताएका छन् । उनले शिल्पाका लागि आफ्नो घरको ढोका सधै खुल्ला रहेको उल्लेख गरेका छन् ।
‘अरुको कुरा नसुन्नुस् । आउनुस् हाम्रो घरको ढोका सधै तपाईको लागि खुल्ला छ’ उनले अगाडी लेखेका छन् –‘यदी तपाई साँच्चै मसंग बस्न सक्नुहुन्न भने पनि एकपटक मसंगै आएर टेवलमा कुरा गर्नुस् ।’
आफूले तीन दिनदेखी शिल्पासंग सम्पर्क गरेर भेटन खोज्दा तपाईलाई अब वकिलले भेटछ भन्ने शिल्पाको जवाफ आएको छविले उल्लेख गरेका छन् ।अन्त्यमा छविले लेखेका छन् –‘म फेरि पनि भन्दैछु । संसारको कुनै पनि अदालतमा जानू पर्दैन् । छवि ओझाको अदालतमा सिधै आउनुस् । तपाईले न्याय पाउनुहुन्छ ।’

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

अमेरिकाले डिपोर्ट गरेका ४८ नेपाली बंगलादेश हुँदै काठमाडौं आउँदै

दाङमा लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गाजाको अवस्था नर्कभन्दा पनि खराब : रेडक्रस

अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौ अधिवेशन झापाको बिर्तामोडमा हुने भएको छ ।

कुवेतबाट निरेम प्रोडक्सनद्वारा धरानका सामाजिक संस्थाहरू र मृगौला पीडितलाई सहयोग

सात वर्षअघि नै खारेज भएको सिन्डिकेट ब्युँत्याउने प्रयास : सडकमा आज पनि सार्वजनिक गाडी कम चल्दा यात्रुलाई सास्ती

नेपाल कुवेत साँस्कृतिक मञ्चको तीज विशेष सांगीतिक धमाका २९ अगष्टमा गर्ने

संसदको अवरोध हटाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने प्रतिपक्षको अडान

