चार वर्षपछि यस्ती देखिन्छिन् बजरंगी भाइजानकी मुन्नी
बलिउडकी ‘मुन्नी’का हालैका केही तस्बिर चर्चाको विषय बनेको छ । मुन्नी आफ्नो आगामी फिल्मका लागि तयारीमा जुटेकी छिन् ।हर्षाली मल्होत्राले विभिन्न समयमा बलिउडको विषयमा आफ्नो महत्वाकांक्षालाई व्यक्त गरिसकेकी छिन् । उनी ठूलो भएर बलिउडकी चर्चित अभिनेत्री बन्न चाहन्छिन् । हर्षाली मल्होत्रा एक बालकलाकार हुन् जसले फिल्म ‘बजरंगी भाइजान’ मार्फत् पहिचान पाएकी थिइन् ।
अहिले उनी ११ वर्षको भइसकेकी छिन् । बजरंगी भाइजान हर्षाली मल्होत्राको पहिलो फिल्म थियो । यो फिल्ममा हर्षालीले मुन्नीको भूमिका निभाएकी थिइन् । यो भूमिकाका कारण मुन्नीलाई निकै रुचाइएको थियो । मुन्नी अहिले आफ्नो पढाईमा व्यस्त छिन् ।
हर्षाली अहिले निकै सानी छिन् त्यसकारण उनी आफ्नो सोसल मिडिया अकाउन्ट चलाउँदिनन् ।उनको अकाउन्ट उनकी आमाले चलाउँछिन् । हर्षालीले कृति सेननसँग विज्ञापन गरेर करियर सुरु गरेकी थिइन् । हर्षालीले नायकमा सलमान खान र नायिकामा कट्रिना कैफ मनपर्ने बताउने गरेकी छिन् ।
July 18, 2019 1:55 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :