म बाहिर नआएको भए सायद शिल्पाले जीवन त्यागिन् भन्ने समाचार आउँथ्यो
काठमाडौं । पछिल्लो समय चर्चामा रहन सफल शिल्पा–छवि काण्डमा कलाकारहरु पनि दुई पक्षमा देखिएका छन् । चलचित्र निर्माता र अभिनेत्री शिल्पा पोखरेल बीचको झगडालाई लिएर अनेक प्रतिकृयाहरु बाहिर आइरहेका छन् । यस विषयमा आफ्नो प्रतिकृया दिदैं शिल्पाले अब आफु छसवसँग वस्न नसक्ने बताएकी छिन् ।
उनले अहिले घटना बाहिर आएपछि छविले आफुलाई ५५ वर्षको बूढो भनेर हिँडिरहेको आरोप लगाएकी छिन् । उनले हिजो लभ गर्ने बेलामा २०–२५ को व्यवहार गर्ने भए पनि अहिले आएर आफुलाई ५५ वर्षको बूढो भनेर सहानुभूति पाउन खोजेको छविलाई आरोप लगाईन । उनले हिजो लभ गर्दा आफुलाई ‘ल नानी म ५५ वर्षको बूढो, छोरी होस् तँ’ किन नभनेको भन्दै उल्टो प्रश्न गरेकी छिन् ।
शिल्पामाथि अहिले सम्पतीका लागि विवाह गरेको पनि धेरैको आरोप छ । यस विषयमा उनले सम्पत्तिको लोभमा विवाह गरेको भन्नेहरुले भित्री कुरा नबुझेको बताएकी छिन् । आफुहरुले ६ महिनाअघि मात्र विवाह दर्ता गरेको प्रशंग पनि चर्चामा आएको छ । आफुहरुले विवाह दर्ता जहिले गरेको भए पनि अग्नि साक्षी राखेर बिहे गरेको दिन देखि नै आफु छविको पत्नी भएको उनको बुर्झाइ रहेको छ ।
आफुहरुको बिहे दर्ता भए पनि नभए पनि परम्परागत बिहे गरेको उनले जिकिर गरिन् । उनले जहाँ माया हुँदैन त्यहाँ सम्पत्तिले केही अर्थ नराख्ने बताइन् । आफुले गत असार ८ गते लात्तीले घचेटेर नहिँडेको भए आज जिउँदो हुने नहुने कुरामा पनि उनले शंका गरिन् । उनले भनिन, ‘सायद शिल्पाले जीवन त्यागिन् गरिन् भनेर समाचार आउँथ्यो होला ।’ उनलाई अर्को लाग्ने गरेको आरोप के भने उनले नाम र दामका लागि यस्तो गरिन् ।
हिजो माया प्रेमको नाटक गरिन् अनी अहिले पहिचान बन्यो अनि डिर्भोसको कुरा गर्न गएकी छिन् । यो विषयमा शिल्पाको बुझाई अलिक फरक छ । आफुले छविलाई फिल्म खेल्न दिनुस् भनेर नगएको उनले स्पष्ट पारिन् । छविले नै आफुलाई बारबार अनुरोध गरेका थिए । चलचित्रको कुरा गर्दा आफुले आफ्नो आमालाई लिएर आएको पनि उनले जानकारी दिईन । आफुले छविले फिल्म खेलाइरहन्छन् भनेर विवाह नगरेको शिल्पाको छावा छ । छविसँग काम गर्नुभन्दा पहिले आफुले तीनवटा फिल्ममा अभिनय गरेको पनि उनले बताइन् ।
आफुलाई चलचित्रमा काम गर्नका लागि कसैसँग विवाह नै गर्नुपर्छ भन्ने कुरा आवश्यक नभएको उनको तर्क छ । उनले अहिले कलाकारहरुमा देखिएको मतभेदलाई जिकिर गर्दै आफुलाई कसैले सहयोग गर्न नचाहेको आरोप लगाइन् । उनले कलाकारले कलारका पक्षमा बोल्ने कुरामा डराउने गरेको बताइन् । उनले भनिन्, ‘केही समयअगाडि स्यारोन श्रेष्ठको कुरा उठ्दा कोही कसैले बोलेनन् ।
हामी पनि बोल्न डरायौँ ।’ आफुले कसैले सहयोग नगरे पनि एक्लै अन्तिमसम्म लड्ने उनले जानकारी दिइन् । अब के गर्ने भन्ने प्रशंगमा उनले सायद नेपाली चलचित्र क्षेत्र छोडेर भोजपुरीतर्फ लाग्ने बताएकी छिन् । अहिलेसम्मका घटनाले आफ्नो करिअर मात्र नभएर जीवन नै ड्यामेज भएको उनको बुझाई रहेको छ । अब आफुले कामलाई निरन्तरता दिने सोचमा रहेको शिल्पाले जानकारी दिइन् ।
अहिले आफु भोजपुरी फिल्मको तयारीमा लागेको पोखरेलले खुलाइन् । आफुलाई छविले नेपाली चलचित्र क्षेत्रमा ल्याउनु भन्दा पहिले पनि आफुले यस क्षेत्रमा राज गरेको भन्दै आफ्नो सफलताको श्रय आफैलाई जाने उनको बुझाई रहेको छ । नयाँ पत्रिका
July 19, 2019 12:31 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।