

विश्वकै प्रशंसनीय व्यक्तिको सूचीमा बिल गेट्ससँगै एञ्जेलिना जोली र अमिताभ बच्चन पनि

विश्वभरिबाट सबैभन्दा धेरै प्रशंसा बटुल्ने व्यक्तिहरुको सूची सार्वजनिक गर्ने संस्था यूगभले यस वर्षको सबैभन्दा प्रशंसनीय व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ ।यो सूचीमा विश्वका विभिन्न देशका राजनीतिज्ञ, व्यापारीदेखि कलाकारसम्मले आफ्नो स्थान बनाएका छन् ।
इन्टरनेट र डाटा मार्केटिङ्ग फर्म यूगभले अनलाइन भोेटिङका आधारमा यो सूची जारी गरेको हो । पुरुषतर्फ शीर्ष स्थानमा बिल गेट्स रहँदा दोस्रो स्थानमा अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामा रहेका छन् । यस्तै तेस्रो स्थानमा एक्सन सुपरस्टार ज्याकी च्यान रहेका छन् ।
यो सूचीमा बलिउडका अभिनेता अमिताभ बच्चन, शाहरुख खान र सलमान खानले पनि स्थान बनाएका छन् । अभिनेता अमिताभ बच्चन संसारभरबाट प्रशंसा बटुल्ने व्यक्तिहरुको सूचीमा १२ औँ स्थानमा परेका छन् । यस्तै अभिनेता शाहरुख खान १६ औँ स्थानमा रहँदा अभिनेता सलमान खान १८ औँ स्थानमा छन् ।
यसैगरी यूगभको सूचीमा महिलातर्फ शीर्ष स्थानमा अमेरिकी पूर्वरा ष्ट्रपतिकी पत्नी मिशेल ओबामा रहेकी छिन् । दोस्रो स्थानमा ओप्रा विनफ्रे रहँदा तेस्रो स्थानमा हलिउड अभिनेत्री एञ्जेलिना जोली रहेकी छिन् । चौथो स्थानमा बेलायतकी महारानी एलिजावेथको नाम रहेकाे छ भने पाँचौ स्थानमा बेलायती अभिनेत्री एम्मा वाट्सन परेकी छिन् ।
यस सूचीमा बलिउड अभिनेत्री दीपिका पादुकोण, ऐश्वर्या राय, प्रियंका चोपडा र सुष्मिता सेनको नाम पनि रहेको छ । अभिनेत्री दीपिका पादुकोण १३ औँ स्थानमा रहेकी छिन् । दीपिकापछि अभिनेत्री प्रियंका चोपडा १४ औँ स्थानमा, ऐश्वर्या राय बच्चन १६ औँ स्थानमा पर्दा सुष्मिता सेन १७ औँ स्थानमा परेकी छिन् ।

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपाली जनसम्पर्क समिति कुवेतले ११२ औं वीपी जयन्ती तथा १४ वार्षिकोत्सव १२ सेप्टेम्बरमा मनाउने

सरकारले नौ महिनामा तीन खर्ब ६६ अर्ब रुपैयाँ ऋण उठायो

यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७४ पुग्यो

शिक्षकका माग सम्बाेधन हुनेगरी विद्यालय शिक्षा विधेयक ल्याइने

१९ वर्षमुनिको पुरुष क्रिकेट विश्वकप एशिया छनोट आजदेखि, नेपालले यूएईसँग खेल्दै

एआईमा आधारित आईभीएफ प्रविधिमार्फत विश्वकै पहिलो शिशुको जन्म

चीनमा हाइड्रोजन ड्रोनले ३० घण्टा निरन्तर उडान भरेर कीर्तिमान बनायो

जनमत-नाउपा एकीकरण: संरक्षक रेशम, अध्यक्ष सिके, सहअध्यक्ष रन्जिता

