रणबिर कपूर र आलिया भट्टको विवाह अर्को वर्ष
भारतीय अभिनेत्री आलिया भट्ट र रणबिर कपूरको विवाहको खबर एक पटक फेरि चर्चामा रहेको छ । एक वर्षदेखि आलिया र रणबिर प्रेममा रहेका छन् ।यतिबेला दुवै फिल्म ‘ब्रम्हास्त्र’ को छायाकंनमा व्यस्त छन् । यसै फिल्मको छायाकंनको क्रममा आलिया र रणबिरबीचको प्रेम झाँगिएको थियो । त्यसपश्चात रणबिर आलियालाई फिल्म छायाकंनमा मात्रै नभई अन्य स्थानहरुमा पनि एक साथ देखिन थालियो । दुवै जना एक साथ रहेका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल नै भए ।
रणबिर कपूर र आलिया भट्टले एकअर्कालाई डेटिङ गर्न थालेको खबर सार्वजनिक भएसँगै उनीहरुका फ्यानहरुबीच दुवैको विवाहको विषयमा चर्चा हुन थालेको थियो । अहिले सार्वजनिक खबरहरुका अनुसार रणबिर र आलिया सन् २०२० को अन्त्य सम्ममा विवाह गर्ने बताइएको छ ।अभिनेत्री आलिया भट्ट भारतका चर्चित फेशन डिजाइनर सब्यासाचीलाई भेट्न गएकी थिइन । आलियाले सब्यासाचीसँग आफ्नो विवाहको लेहंगाको विषयमा कुरा गरेकी छिन् । यसैकारण आलिया र रणबिर कपूरले छिट्टै नै विवाह गर्न सक्ने बताइएको छ ।
डिजाइनर सब्या साचीले अभिनेत्री अनुष्का शर्मा, दीपिका पादुकोण, प्रियंका चोपडाको विवाहको लेहंगा डिजाइन गरिसकेका छन् । आलिया भट्टले केही समयअघि मुम्बईको जुहुमा १३ करोडको अलिशान फ्ल्याट खरिद गरेकी थिइन् । त्यस समयमा पनि पनि उनको र रणबिरको विवाहको चर्चा चलेको थियो । खबरहरुका अनुसार आलिया र रणबिरका परिवार पनि दुवैको सम्बन्धमा निकै नै खुशी छन् । दुवै परिवार आलिया र रणबिरको विवाहलाई लिएर निकै नै उत्साहित छन् ।
July 24, 2019 1:56 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक