भाग्य न्यौपानेको घर पुग्दा बुबा भक्कानिएर गरे मुटु छुने यस्ता कुरा (भिडियो हेर्नुहोस)
गरिब र दुखीका भगवान बनेका भाग्य न्यौपानेको घर पुग्दा उनका बुबा कुरा गर्दा गर्दै भावुक बनेर गरे सबैको मन छुने कुरा । बुबाले भाग्यको बालापन देखि अहिले सम्मको सबै कुरा सुनाए । सानैदेखी बच्चादेखि बुढाबुढी सम्म सबैसँग मिल्ने भाग्य सारै नै बाठा थिए बुबा भन्छन सानामा भाग्यलाई गाउमा दुई चार जनाले पछि चोर हुन्छ भनेका रहेछन । अहिले भाग्यले कसैको दुख देख्न सक्दैनन सबैलाई सहयोग गरेर सबैका मुटुका ढड्कन बनेका भाग्यलाइ भगवानको अर्को रुप भनेर चिन्छन । हजारौंको दुखलाइ बुझ्ने भाग्यले अब बुबाको बुहारी हेर्ने चाहाना पूरा गरिदिए हुन्थ्यो भन्छन बुबा ।
अब भाग्यको मङ्सिरमा बिबाहको तयारी हुँदै गरेको र छोराले आफ्नो बोली नकाट्ने बताउछन बुबा । घरमा सबै छोराछोरी बुबासङ डराउने र सम्मान गर्ने बताउछन । पछिल्लो समय भाग्य न्यौपाने सामाजिक संजालमा छाएका छन । दुख र पिडामा परेका सबैका लागि सहयोग गर्ने भाग्य जस्तोसुकै दुख र पीडा आफुले सहेर भए पनि नेपालका सबै ठाउमा पुग्छन । बाढी पहिरो र अफ्ट्यारो बाटो हुदा पनि जस्तोसुकै ठाउमा पुग्ने भाग्यलाई सबैले भगवान मान्छन ।
दुई हजार उन्पचास सालमा जन्मिएका भाग्य छोटो समयमा सफल ब्यक्ति हुन । बाल्यकाल देखि नै दयालु भाग्य बच्चा देखि बुढाबुढी सबैलाई माया गर्ने बताउछन बुबा । बुबाले सुनाए सारै गरिब परिवार छोराछोरिलाई पढाउन बढाउनलाई गारो भएपछी करिब तीन बर्ष कतारको घाममा पसिना बगाएका बुबा भाग्यले गरेको काम देखेर गर्भ लाग्छ भन्छन । भाग्यका बुबाले पुराना दुख सम्झेर भावुक हुँदै यस्तोसम्म सुनाए तल भिडियोमा हेर्नुहोला ।
August 12, 2019 8:11 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।