‘कोरोनाका कारण बालबालिकामा ठूलो असर, १० प्रतिशतको नियमित खाना नै कटौती’
काठमाण्डाै – कोरोना महामारीको कारण बालबालिकाको चौतर्फी विकासमा ठूलो नोक्सान पुगेको एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्र सङ्घीय बाल कोष युनिसेफ नेपाल, शेयरकास्ट सहितका सङ्घ–संस्थाले संयुक्त रूपमा गरेको अध्ययनले बालबालिकाले पर्याप्त खाना नपाएको, शिक्षाबाट वञ्चित हुनुपरेको र परिवार गरिबीमा धकेलिँदा उनीहरूको चौतर्फी विकासमा ठूलो नोक्सानी पुगेको देखाएको छ ।
गएको मे महिनादेखि ६ पटकसम्म गरेर ६ हजार घरपरिवारमा अध्ययन गरिएको थियो । अध्ययनका अनुसार गएको वर्ष चैत ११ देखि भएको लकडाउनको सुरुमा ९० प्रतिशत बालबालिका पढाइबाट वञ्चित भएका थिए भने अनलाइन कक्षा सुरु भएपछि जम्मा ३० प्रतिशत बालबालिकाले मात्रै पढ्न पाएका थिए । यसरी पढ्न पाउनेमध्ये धेरै सम्पन्न परिवारका बालबालिका मात्रै थिए ।
यस्तै गएको अगस्ट महिनासम्म २० प्रतिशत घरपरिवारले खाद्यान्नकै लागि सङ्घर्ष गर्नुपरेको थियो भने अहिले पनि १० प्रतिशत घरपरिवारका बालबालिकाले नियमित खानामा कटौती गर्नुपरेको देखिएको छ ।
यस्तै १० प्रतिशत परिवारले होम आइसाेलेशनकाे व्यवस्था गर्न असमर्थ रहेको बताएका छन् भने गरिबीकै कारण कोरोना महामारीबाट बच्न अपनाउनुपर्ने सुरक्षा मापदण्डको पालनामा कमी आएको देखिएको छ ।
यस्तै समुदायमा बालबालिका र महिलामाथि हुने दुर्व्यवहार तथा हिंसाका घटना बढ्दै गएको, बाल श्रम, बालविवाह र बेचबिखनका घटना पनि बढ्दै गइरहेको उत्तरदाताले बताएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
युनिसेफले बालबालिकाको शिक्षा र पोषणका लागि ६ हजार घरपरिवारका १० हजार बालबालिकालाई दुई हजार रुपैयाँका दरले सहयोग गरेको पनि जनाएको छ ।उज्यालो
April 28, 2021 8:16 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला