यूएईले विशेष विमानमार्फत १ सय ५० भेन्टिलेटरसहित स्वास्थ्य सामाग्री नेपाल पठाउने
यूएई – संयुक्त अरब इमिरेट्स (यूएई) ले कोरोना भाइरस विरुद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । यूएईले १ सय ५० भेन्टिलेटरसहित झण्डै १० टन स्वास्थ्य सामाग्री विशेष विमानमार्फत नेपाल पठाउन लागेको हो ।
यूएईको आबुधाबीमा रहेको नेपाली दूतावासका अनुसार यूएई सरकारले यी स्वास्थ्य सामग्री आउँदो बुधबार बिहान यूएईको आफ्नै विशेष विमानमार्फत नेपाल पठाउन लागेको हो । यूएईले गर्न लागेको यो सहयोग खाडीको देशबाट सरकारी तवरमा गर्न लागेको पहिलो सहयोग हो । नेपाल सरकारको परराष्ट्र मन्त्रालय तथा यूएईमा रहेको नेपाली दूतावासमार्फत कुटनीतिक रुपमा गरिएको सहयोगको अनुरोधलाई यूएईले सकारात्मक रूपमा लिँदै सहयोग गर्न लागेको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले उज्यालोलाई जानकारी दिनुभयो ।
यसैबीच परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली र यूएईका परराष्ट्र मामिला तथा अन्तर्राष्ट्रिय सहायता मन्त्रालय तथा यूएईको अन्तर्राष्ट्रिय वित्तीय केन्द्र आबुधाबी ग्लोबल मार्केट(एडीजीएम)का अध्यक्ष अहमद बिन अलि स्याघबीच आइतबार भर्चुअल बैठक भएको थियो । बैठकमा नेपालका परराष्ट्र सचिव भरतराज पौडेलसहित यूएईका उच्च अधिकारीहरूको सहभागिता थियो ।
बैठकमा कोभिड–१९ महामारीविरुद्ध नेपाल र यूएईबीच सहकार्य गर्नेलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको दूतावासले जनाएको छ ।
बैठकमा परराष्ट्र मन्त्री ज्ञवालीले कोरोना महामारीको समयमा यूएईमा रहेको नेपाली समुदाय तथा नेपाली नागरिकलाई यूएईले गरेको सहयोगको प्रशंसासमेत गर्नुभएको थियो ।यूएईले गएको वर्ष पनि नेपाललाई कोरोना सङ्क्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा बिरामीको प्रयोजनको लागि भन्दै स्वास्थ्य सामाग्री सहयोग गरेको थियो उज्यालो
June 1, 2021 2:05 am | समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी