 
						 
यसपालीको एन आर एन ए क्यानडाको निर्वाचनमा महिलाहरुको सहभागीता।
				 4 years अगाडी 
				 Niranjan Thapa 
			
			
			
			
आज एन आर एन ए क्यानडाको सदस्यता बितरण गर्ने समय अवधी सकिए सङ्गै, ४००० सदस्य सँख्या नाघेकोमा सरोकारवलाहरु अत्यन्त उत्साहित र हर्शित भयको पाइन्छ। नेपालीहरुको एक मात्र साझा संस्था एन आर एन ए क्यानडाको बिगत हेर्दा, यसमा न्युनतम महिलाहरुको सहभागिता रहँदै आयको हामी सवैलाइ अवगतनै छ। अहिलेको २१औं सताब्दि,  त्यो पनि योउटा विकसित राष्ट क्यानडामा, सुन्दा अनौठो लाग्ला तर यो नै आज सम्मको वास्तबिकता हो।
यद्धपि यो पटक भने केही हद सम्म भय पनि महिला दिदि-बहिनिहरुको बोर्डमा सहभागित हुने सम्भावनाले धेरै महिला दिदिबहिनीहरुलाइ उत्साहित बनाएको जान्कारी पायका छौँ। बिगत केही बर्ष देखि, पेसाले रजिस्टर नर्स, हाल टोरोन्टोको नर्थ योर्कमा बस्दै आउनु भयकी सुनिता केसीले महिला दिदि-बहिनिहरु र मेडिकल प्रोफेसनको प्रतिनिधित्व गर्दै सवै टोरोन्टो वासीको भावनाको उच्च कदर गर्दै आफुले उमेद्वारी दिने जान्कारी गराउनु भयको छ, यस्तै अहिले स्कारबोरो बाट मन्जु अर्यालज्यु र ब्र्याम्प्टन क्षेत्र बाट सङ्गीता जीसीजीको उमेद्वारी रहने कुराले आफु उत्साहित रहेको जानकारी गराउनु भएको छ। उहाँले थप अरु भेग बाट पनि महिला दिदि बहिनिहरुले उमेद्वारी दिन सक्ने बताउनु भयको छ।उहाँले भन्नु भयो, आशा गरौँ यस पटक एन आर एन य क्यानडाको बोर्ड मेम्बरमा धेरै भन्दा धेरै महिलाको उपस्थिति रहोस।
भर्खर भएको संवादमार्फत सङीता जीसीज्युले उमेद्वारी दिनु भएका सम्पूर्ण नेपाली दिदिबहिनिहरुलाइ सफलताको हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्नु भएको छ।
 
प्रतिकृयाहरू :
समाचारहरु:
 
						भर्खरै प्रकाशित
 
			  		कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
 
			  		संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
 
			  		प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
 
			  		त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
 
			  		जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
 
			  		भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
 
			  		जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
 
			  		चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
        Loading...    
        
     
 
