पहिरोले थुनिएको तामाकोसी खुलाउन चिनियाँ टोली परिचालन
4 years अगाडी
manoj Thapa
काठमाण्डाै – पहिरोले थुनिएको तामाकोसी नदीको सहायक रोङ्सी खोला खुलाउन चिनियाँ टोली परिचालन भएको छ ।
चीनको तिङ्ग्री काउन्टीनजिकै खसेको पहिरोले रोङसी खोला थुनिए पछि ताल बनेको छ । चिनियाँ टोलीले यसलाई चरणबद्ध रुपमा खुलाउने प्रयास गरिरहेका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो । रोङ्सी खोला सामान्य अवस्थामा आउन समय लाग्ने भएकाले जोखिम कायमै रहेको उहाँले बताउनुभयो ।
खोलाबाट बाढी आउन सक्ने आकलन गर्दै माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशयबाट पानी छाडिएको छ । तामाकोसीको बाँध ५ हजार घनमिटरको बाढी थेग्न सकिने गरी निमार्ण गरिएको छ । तामाकोसीको तटीय क्षेत्रमा बस्नेलाई सुरक्षित ठाउँमा जान जिल्ला प्रशासन कार्यालय दोलखाले आग्रह गरेको छ । उज्यालो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
Loading...