यात्रुसँग तेब्बर बढीसम्म भाडा लिने आठ जना पक्राउ
काठमाण्डाै – ट्राफिक प्रहरीले काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट यात्रुसँग तीन गुणा बढीसम्म भाडा लिइ ठगी गर्ने आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरू टिकट काउन्टरका कर्मचारीदेखि निजी गाडीका चालकहरू समेत रहेका छन् । झापाका पुण्यप्रसाद गिरी, गोर्खाका सन्तबहादुर कुमाल, इलामका खेमबहादुर पाँचकोटी, भक्तपुर बस्ने राजीव हिङ्गजु, झापाका सञ्जय खड्का, कञ्चनपुरका अम्मर ऐर, भक्तपुरका श्याम मछ्या र धनकुटाका हरेन्द्र बुढाथोकी पक्राउ परेका हुन् ।
वैदेशिक रोजगारबाट आएका र उपत्यका भित्रिने र बाहिरिने धेरै यात्रु निजी तथा सार्वजनिक गाडीबाट ठगीमा परेको गुनासोपछि ट्राफिक प्रहरीले कारबाहीलाई तीव्रता दिएको छ । काठमाण्डौ भित्रिन र बाहिरिन सार्वजनिक गाडीले अनुमति नपाए पनि कार, जीप, भ्यान लगायतका निजी गाडीले चर्को भाडामा यात्रु ओसारिरहेका छन् ।
निषेधाज्ञा खुकुलो हुन थालेसँगै यात्रु ठगिन सक्ने र समस्यामा पर्न सक्ने कुरालाई मध्यनजर गर्दै ट्राफिकले यात्रु बनेर भाडा मोलमोलाई गर्ने, गोप्य रूपमा बुझ्ने, निगरानी गरी यात्रुसँग बढी भाडा लिएका व्यक्तिहरूलाई पक्राउ गरी कारबाही गर्ने गरेको महाशाखा प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले बताउनुभयो । उज्यालो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत