सप्तरीमा ३ सय घर डुबानमा : सप्तकोशीमा पानीको बहाव २ लाख क्युसिक
सप्तरी – सप्तकोशीका सहायक नदीहरुका आसपासका पहाडी क्षेत्रमा लगातारको वर्षाले गर्दा सप्तकोशी ब्यारेजमा पूर्व पश्चिम दुवैतिर खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ ।निरन्तरको वर्षाको कारण पानीको बहाव शनिबार मापन अनुसार २ लाख ३१ हजार ५ सय १५ क्युसिक पानीको बहाव पुगेको छ भने ५६ वटा ढोका मध्ये २९ वटा ढोका खोलिएको छ । लगातार पानीको बहाव बढ्दै रहेको छ । तटबन्ध क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।
सप्तकोशीमा पानीको बहाव उच्च हुँदै गएपछि सप्तरीको गोबरगाढा बस्ती जोखिममा परेको छ । गोबरगाढा सप्तकोसी नदीको बीचमा रहेको हनुमाननगर कंकालिनी नगरपालिका १३ मा रहेको एक बस्ती हो । हनुमाननगर कंकालिनी नगरपालिकामा सप्तकोशी नदीको सिपेजको पानी र वर्षाको पानीको निकास नहुँदा ९, १०, ११ र १२ नम्बर वडाका करिब ३ सय घर डुबानमा परेका छन ।
यसै गरी सप्तरीको सप्तकोशी नगरपालिकाको केही वडाहरु डुबान हुदाँ करिब २ सय घरहरु डुबेका छन । उज्यालो
July 3, 2021 7:00 pm | फोटो,समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत