फिलिपिन्समा सैनिक विमान दुर्घटना : कम्तीमा ४५ जनाकाे ज्यान गयाे
काठमाण्डाै – फिलिपिन्समा सैनिक विमान दुर्घटना हुँदा कम्तीमा ४५ जनाको ज्यान गएको छ । जलिरहेको विमानको भग्नावशेषबाट दर्जनाैँ व्यक्तिलाई उद्धार गरिएकाे पनि बीबीसीले जनाएकाे छ ।
सामान पनि बाेकेकाे सैनिक विमानमा ९० भन्दा धेरै जना सवार रहेका थिए । सुलु प्रान्तको जोलो टापुमा अवतरण गर्ने प्रयास गरिरहेको उक्त विमानले धावनमार्ग पहिल्याउन नसक्दा दुर्घटनामा परेको बताइएको छ ।
विमानमा रहेका धेरैजसो आधारभूत सैनिक तालिम पूरा गरेका व्यक्तिहरू रहेका बीबीसीले जनाएको छ ।
दुर्घटना दर्जनभन्दा बढी व्यक्ति घाइते भएकाे र पाँच जना अझै बेपत्ता रहेका सेनाले जनाएकाे छ । घाइतेहरूकाे नजिक रहेकाे एक सैनिक अस्पतालमा उपचार भइरहेकाे छ ।
स्थानीय सञ्चारमाध्यमले खिचेका तस्बिरमा दुर्घटनाग्रस्त विमानमा भुइँमा बजारिएसँगै आगलागी भएको देखिएको छ । विमान दुर्घटनाग्रस्त भएको नजिकै घरहरू माथि बाक्लो कालो धुँवा देखिएको छ ।
स्थानीय समयअनुसार साढे ११ बजे दुर्घटनामा परेको विमानमा रहेकाहरूलाई मुस्लिम बहुल अशान्त क्षेत्रमा चरमपन्थीसँग लड्ने एक टास्क फोर्सको हिस्साका रूपमा तैनाथ गरिँदै थियो । दक्षिणी फिलिपिन्समा थुप्रै चरमपन्थी गुट छन्, त्यसैले त्यहाँ ठूलो सङ्ख्यामा सैनिक तैनाथ रहेका छन् । उज्यालो
July 4, 2021 11:36 pm | समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत