राप्ती नदीमा आएको बाढीले नेपालकाे दोस्रो लामो पुलमा क्षति
दाङ – दाङकाे देउखुरीको राप्ती नदीमा आएको बाढीले नेपालकाे दोस्रो लामो पुलमा क्षति पुर्याएकाे छ । पुलको छेउछाउमा बाढीले क्षति पुर्याएपछि यातायात बन्द भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
लुम्बिनी प्रदेशको स्थायी राजधानीको केन्द्र तोकिएको राप्ती र गढवा गाउँपालिका जोड्ने पुलको लम्बाइ आठ सय ६० मिटर र चौडाइ साढे १० मिटर रहेको छ ।
२०७७ माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण भइसकेकाे ६ महिना बितिसकेपछि उद्घाटन गर्नुभएकाे थियाे ।
राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मङ्सिर २२ गते शिलान्यास गर्नुभएकाे थियाे ।
नेपालको सबैभन्दा लामो पुल बर्दियाको कोठियाघाटमा रहेकाे कर्णाली नदीमा छ । यस पुलकाे लम्बाइ एक हजार १५ मिटर छ जसलाई ‘गेरुवा पुल’ पनि भनिन्छ । उज्यालो
July 7, 2021 10:33 pm | समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप