मध्यपहाडी लोकमार्ग र राप्ती राजमार्गको रुकुम पश्चिम खण्ड बन्द
रुकुम पश्चिम – मध्यपहाडी लोकमार्ग र राप्ती राजमार्गको रुकुम पश्चिम खण्ड बन्द भएको छ । बुधवार बेलुकादेखि निरन्तर परेको झरीका कारण आएको पहिरोले गर्दा मध्यपहाडी लोकमार्गको मुसिकोट–चौरजहारी सडक खण्ड र राप्ती राजमार्गको मुसिकोट–सल्यान सडक खण्ड बन्द भएकाे हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक (इन्स्पेक्टर) एवम् सूचना अधिकारी कपिलजंग शाहीका अनुसार मध्यपहाडी लोकमार्गकाे रुकुम पश्चिम खण्डको सानीभेरी गाउँपालिकाको सुलिहाले लगायत पुर्तिमकाँडा, गिठाकोट, मुसिकोट नगरपालिकाको छिवांग लगायतका ठाउँमा पहिरो आएको छ ।
अहिले पनि पहिरो झरिरहेकाले सम्बन्धित पक्षले पहिरो पन्छाउने अवस्था नरहेको प्रहरी निरीक्षक शाहीले बताउनुभयाे ।
त्यसैगरी निरन्तरको झरीका कारण राप्ती राजमार्गको पितिवांग खोलामा आएको बाढीले धार परिवर्तन गरेर बाटो बन्द भएको छ । त्यही ठाउँकाे काले खोलामा आएको पहिरोका कारण राप्ती राजमार्ग बन्द भएकाे छ । उज्यालो
July 9, 2021 1:13 am | समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी