यातायात व्यवसायीकाे चेतावनी : सडकमै गाडी छाेडेर हिँड्नुपर्ने दिन नआओस्
काठमाण्डाै – सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले सरकारलाई सात बुँदे मागको ध्यानाकर्षण गराउन प्रदर्शन गरेको छ । काठमाण्डाैमा बिहीवार सार्वजनिक गाडी र ट्याक्सी सडकमा तेर्स्याएर महासङ्घ सात बुँदे मागकाे ध्यानाकर्षण गराउन प्रदर्शनमा उत्रिएको हो ।

महासङ्घले कोभिड खोप उपलब्ध गराउन, गाडीकाे भाडा एवम् ट्याक्सीको सुरुवाती कल समायोजन गर्न, मौद्रिक नीतिमा आफ्नो माग समाविष्ट गर्न, २० वर्ष अवधि पुगेका गाडीकाे अवधि थप गर्न, गाडीकाे बीमा छुट गर्न र सडक कानुन लागू गर्ने लगायतका माग गर्दै साङ्केतिक प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा सार्वजनिक यातायात केन्द्रीय महासङ्घका वरिष्ठ उपाध्यक्ष भरत तिमल्सिनाले महासङ्घको साङ्केतिक आन्दोलनलाई सरकारले नसम्झिए सडकमै गाडी राखेर आन्दोलन गर्ने बताउनुभयो । उहाँले साङ्केतिक आन्दोलन नसम्झिए सडकमै गाडी छाेडेर हिँड्नुपर्ने दिन नआओस् भन्दै सरकारलाई चेतावनीसमेत दिनुभएको छ ।
उहाँले भन्नुभयो, ‘शान्तिपूर्ण रूपमा सबै गाडी घर र ग्यारेजबाट निकालेर सरकारलाई सात बुँदे मागको ध्यानाकर्षण गराउन खाेजेका हाैँ । २० वर्ष पुगेकै नाउँमा गाडी फ्याँकिनु हुँदैन, वैज्ञानिक नीति र यान्त्रिक जाँच गरेर मात्रै ठिक भए चलाउने र बिग्रिएको भए फाल्नुपर्छ, यो आन्दोलनलाई नसम्झिए सडकमै गाडी छोडेर जान्छौँ, यो कुरा सरकारले बेलैमा सोचोस् ।’
वैज्ञानिक किसिमले गाडीकाे आयु तय गर्नुपर्ने भन्दै वरिष्ठ उपाध्यक्ष तिमल्सिनाले आफ्ना सबै माग यथाशीघ्र सरकारले सुनुवाइ गर्नुपर्ने बताउनुभयो ।उज्यालो
July 22, 2021 8:17 pm | Uncategorized,समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत