बिजुलीको भाउ घटाउनुपर्छ, गरिबलाई निःशुल्क : ऊर्जा मन्त्री भुसाल
काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले बिजुलीको भाउ घटाउनुपर्ने बताउनुभएको छ । मन्त्रालयमा भएको पत्रकार भेटघाटमा मन्त्री भुसालले देशमा बिजुली खपत भएन भनेर चिन्ता लिइरहँदा बिजुलीको महसुलबारे पनि सोच्नुपर्ने बताउनुभएको हो ।
अरू क्षेत्रमा उत्पादन बढ्दै जाँदा भाउ घट्ने तर ऊर्जा क्षेत्रको उत्पादन बढ्दै जाँदा भाउ नघट्ने विषय असुहाउँदो भएको भन्दै मन्त्री भुसालले अब बिजुली सस्तो बनाउने योजना बनाउनुपर्ने र आफूले पनि यो विषयमा सल्लाह सुरु गरिसकेको बताउनुभयो । उहाँले बिजुली खपत बढाउनका लागि भाउ घटाउने र ग्यासको विकल्पमा प्रयोग बढाउनका लागि विद्युतीय सामग्रीको भन्सार छुटको सहुलियत दिनुपर्ने बताउनुभयो ।
मन्त्री भुसालले गरिब नागरिकलाई निःशुल्क बिजुली दिन सरकार तयार रहेको पनि बताउनुभएको छ । उहाँले अहिले पनि कतिपय नागरिकले महसुल तिर्न नसकेकै कारण बिजुली जोड्न नसकेको बताउँदै त्यस्ता नागरिकलाई सरकारले निःशुल्क बिजुली दिने दाबी गर्नुभयो ।
राष्ट्रिय प्रसारण पुगेका र छिटै पुर्याउन सकिने ठाउँमा राष्ट्रिय प्रसारण लाइनकै बिजुली दिइने र तत्काल सम्भव नभएका ठाउँमा लघु जलविद्युत् या वैकल्पिक ऊर्जाको व्यवस्था गरिने उहाँले बताउनुभयो । उद्योगहरूको मागअनुसार बिजुली दिन सकेमा खपत बढ्ने तर त्यसका लागि प्रसारण लाइन र सबस्टेशनको समस्या भएकाले त्यसतर्फ ध्यान दिएर काम गर्ने मन्त्री पम्फा भुसालले जानकारी दिनुभयो । उज्यालो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै