बिजुलीको भाउ घटाउनुपर्छ, गरिबलाई निःशुल्क : ऊर्जा मन्त्री भुसाल
काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले बिजुलीको भाउ घटाउनुपर्ने बताउनुभएको छ । मन्त्रालयमा भएको पत्रकार भेटघाटमा मन्त्री भुसालले देशमा बिजुली खपत भएन भनेर चिन्ता लिइरहँदा बिजुलीको महसुलबारे पनि सोच्नुपर्ने बताउनुभएको हो ।
अरू क्षेत्रमा उत्पादन बढ्दै जाँदा भाउ घट्ने तर ऊर्जा क्षेत्रको उत्पादन बढ्दै जाँदा भाउ नघट्ने विषय असुहाउँदो भएको भन्दै मन्त्री भुसालले अब बिजुली सस्तो बनाउने योजना बनाउनुपर्ने र आफूले पनि यो विषयमा सल्लाह सुरु गरिसकेको बताउनुभयो । उहाँले बिजुली खपत बढाउनका लागि भाउ घटाउने र ग्यासको विकल्पमा प्रयोग बढाउनका लागि विद्युतीय सामग्रीको भन्सार छुटको सहुलियत दिनुपर्ने बताउनुभयो ।
मन्त्री भुसालले गरिब नागरिकलाई निःशुल्क बिजुली दिन सरकार तयार रहेको पनि बताउनुभएको छ । उहाँले अहिले पनि कतिपय नागरिकले महसुल तिर्न नसकेकै कारण बिजुली जोड्न नसकेको बताउँदै त्यस्ता नागरिकलाई सरकारले निःशुल्क बिजुली दिने दाबी गर्नुभयो ।
राष्ट्रिय प्रसारण पुगेका र छिटै पुर्याउन सकिने ठाउँमा राष्ट्रिय प्रसारण लाइनकै बिजुली दिइने र तत्काल सम्भव नभएका ठाउँमा लघु जलविद्युत् या वैकल्पिक ऊर्जाको व्यवस्था गरिने उहाँले बताउनुभयो । उद्योगहरूको मागअनुसार बिजुली दिन सकेमा खपत बढ्ने तर त्यसका लागि प्रसारण लाइन र सबस्टेशनको समस्या भएकाले त्यसतर्फ ध्यान दिएर काम गर्ने मन्त्री पम्फा भुसालले जानकारी दिनुभयो । उज्यालो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग