

कुलमानलाई नियुक्त गर्न प्रधानमन्त्री देउवाकाे निर्देशन, शाक्यको राजीनामा माग्ने तयारी

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया थाल्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री देउवाले ऊर्जा मन्त्री पम्फा भुसाललाई बोलाएर प्राधिकरणका प्रमुख हितेन्द्रदेव शाक्यसँग राजीनामा माग्न र कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया थाल्न निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र ऊर्जा मन्त्री भुसालले अहिलेका प्रमुख हितेन्द्रदेव शाक्यको कामप्रति असन्तुष्टि जनाउँदै कुलमान घिसिङलाई नै ल्याउने तयारी थाल्नुभएको हो।
‘हितेन्द्रदेव शाक्यले दीर्घकालीन र ठूला आयोजनाको काम त गर्न सक्नुभएन नै हटिसकेको लोडशेडिङ फेरि बिउँतिने खालको सङ्केत दिने गरी काम गर्नुभएकाले उहाँलाई हटाउने तयारी थाल्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ’, सचिवालयले उज्यालोसँग भनेको छ ।
आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर कुलमान घिसिङ गएकाे वर्षको भदौमा प्राधिकरणबाट बिदा हुनुभएको थियो । उहाँलाई पुनर्नियुक्ति गर्न चौतर्फी दबाब आए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले नमान्दा घिसिङ बिदा हुनुभएको थियो ।
घिसिङले चार वर्ष पदमा रहँदा देशलाई लोडशेडिङमुक्त गराउने, घाटामा गएको प्राधिकरणलाई नाफामा ल्याउने, अलपत्र परेका जलविद्युत् आयोजना सम्पन्न गर्ने, प्रसारण लाइन र सब–स्टेशनको निर्माण र मर्मतमा तीव्रता दिने, विद्युतीकरणमा जोड दिने लगायतका काम गर्नुभएको थियो । उज्यालो

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

