

मगर सँघ कुवेतले माघे सकराती १४ जनवरी २०२२ मा मनाउँदै

जय आले, ०५ डिसेम्बर २०२१, कुवेत। कुवेतवासी नेपालीहरुबीच सकृय रुपमा कृयाशिल रहेको जातिय संस्था नेपाल मगर सँघ शाखा कुवेतले मगर समुदायको राष्ट्रिय तथा साँस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड “माघे सकराती” यहि आगामी १४ जनवरी २०२२ शुक्रबारका दिन मनाउने भएको छ।
गत ०३ डिसेम्बर २०२१ मा सँघका अध्यक्ष मनु भुजेल मगरको अध्यक्षतामा बसेको ११७औं नियमित बैठकले छलफलका साथ कुवेतको वर्तमान अवस्थामा पनि मध्यनजर गर्दै उक्त निर्णय गरेको हो। कुवेतको ओफरा भन्ने स्थानमा आयोजना गरिने माघे सकराती कार्यक्रम कुवेतमा कृयाशिल रहेका सम्पूर्ण नेपाली सँघ-संस्थाका प्रतिनिधिहरुलाई अतिथिको रुपमा निमन्त्रणा गरि मनाउईने भएको छ।
स्थापना कालदेखी नै मगर सँघ कुवेतले माघे सकराती तथा मगर दिवस जस्ता पर्वहरु सामुहिक रुपमा कुवेतवासी नेपालीहरुबीच मनाउँदै आएको छ। कार्यक्रममा स्थिती हेरेर मगर संस्कृतिमा आधारित नाचगानहरु प्रस्तुत गरिने छन भने सम्पूर्ण उपस्थित पाहुनागणलाई बिभिन्न मगर परिकारहरुको जलपान तथा भोजन गराईने छ।
मगर जातिय भाषा, संस्कृति, भेषभूषा एवं मौलिकतालाई जगेर्णा गर्दै सँघको केन्द्रिय बिधानमा आस्थावान रहि कुवेतमा स्थापित अन्य नेपाली सँघ-संस्थाहरुसँग पनि सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्यका साथ मगर सँघ कुवेत १५ जून २०१२ मा तत्कालिन केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगरको बिशेष उपस्थितिमा स्थापना भएको थियो।
पुनश्च्व:
मिति: १४ जनवरी २०२२, शुक्रबार
समय: पूर्वान्ह ११ बजे, उप्रान्त
स्थान: ओफरा कुवेत (बिस्त्तृत जानकारी पुन. गराइने छ)

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उस्वेकिस्तानसँग पराजित

अमेरिकाकाे टेक्सासमा बाढी : २४ जनाकाे ज्यान गयाे, ४५ मिनेटमै ग्वाडालुपे नदीको सतह २६ फिटले बढ्याे

ग्लोबल आईएमई क्यापिटलले ‘समुन्नत योजना २’ इकाइ सार्वजनिक निष्काशनमा ल्याउँदै

स्व. बिमला सार्किको शव नेपाल पठाउन प्रवासी नेपाली मञ्चको सहयोग

माओवादिमा रहदा बम र बारुदसंग खेलेका विप्लव अचेल माटो संग खेल्छन

देउवासँग कोइरालाले मागे ओलीलाई प्रधानमन्त्री बनाउनुको चित्तबुझ्दो जवाफ

साँझबिहान इँटा सुकाउन ओल्टाइपल्टाइ गरेर गोमाले ल्याइन् ४ जिपिए, भन्छिन्: डाक्टर बन्ने चाहना छ

