

मोबाइलको ‘फाइभ जी’ प्रविधि तत्काल लागू नगर्न अमेरिकालाई बोइङ र एअरबसको अनुरोध

काठमाण्डाै – विश्वका दुई सबैभन्दा ठूला विमान निर्माता कम्पनीले मोबाइलको ‘फाइभ जी’ प्रविधिले नागरिक उड्ययन उद्योगमा नकारात्मक प्रभाव पार्ने चेतावनी दिएका छन् ।
बोइङ र एअरबसका प्रमुख अधिकारीहरूले अमेरिकी सरकारलाई पत्र लेखेर विमानको विद्युतीय उपकरणको कामलाई प्रभावित पार्न सक्ने भन्दै फाइभ जी प्रविधि लागू गर्न हतार नगर्न आग्रह गरेका बीबीसीले जनाएको छ ।
अमेरिकाका दुई ठूला टेलिकम कम्पनीहरू एटीएन्डटी र भेरिजन सन् २०२२ को जनवरी ५ देखि फाइभ जी प्रविधि लागू गर्ने तयारीमा छन् । बोइङका डेभ कल्हन र एअरबस अमेरिकाका जेफ्री निटलले अमेरिकी यातायातमन्त्री पीट बूटजेजलाई पठाएको पत्रमा फाइभ जीले विमानको सुरक्षित उडान गर्ने क्षमतालाई नकारात्मक असर गर्न सक्ने उल्लेख छ ।
पत्रमा एउटा अध्ययनको तथ्याङ्कलाई पनि समावेश गरिएको छ । उड्डयन उद्योग र अमेरिकी नागरिक उड्डयन निकाय एफएएले फाइभ जीले विमानका उचाइ मापन यन्त्रजस्ता महत्त्वपूर्ण उपकरणलाई असर गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । अमेरिकी मोबाइल सेवा प्रदायकहरूको समूह सीटीआईएले भने फाइभ जी सुरक्षित रहेको र उड्ययन उद्योगले तथ्य बङ्ग्याएर त्रास उत्पन्न गर्ने काम गरेकाे बताएको छ।उजयालो
December 22, 2021 5:05 am | समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सरकारले नौ महिनामा तीन खर्ब ६६ अर्ब रुपैयाँ ऋण उठायो

यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७४ पुग्यो

शिक्षकका माग सम्बाेधन हुनेगरी विद्यालय शिक्षा विधेयक ल्याइने

१९ वर्षमुनिको पुरुष क्रिकेट विश्वकप एशिया छनोट आजदेखि, नेपालले यूएईसँग खेल्दै

एआईमा आधारित आईभीएफ प्रविधिमार्फत विश्वकै पहिलो शिशुको जन्म

चीनमा हाइड्रोजन ड्रोनले ३० घण्टा निरन्तर उडान भरेर कीर्तिमान बनायो

जनमत-नाउपा एकीकरण: संरक्षक रेशम, अध्यक्ष सिके, सहअध्यक्ष रन्जिता

दुर्गा प्रसाईं भारतमा समातिएको चर्चा भैरहँदा प्रहरीले भन्यो, ‘अहिलेसम्म पक्राउ परेका छैनन्’

