टकं बुढाथोकी भन्छन् : अशोकसगँ मेरो पुर्वजन्मको साइनो हुनु पर्छ !
झापाबाट काठमाण्डौंमा आइपुग्दा उनको भेट संगितकार टंक बुढाथोकीसंग हुन्छ। टंक बुढाथोकीसंग भेट हुनेअरु कोही नभएर त्यही भाइरल भएका अशोक दर्जी हुन्छन्। उनलाई काठमाण्डौंसम्म ल्याउन स्थानीय मिडियाकर्मी र स्थानीय युवा डिजे रुपकको महत्वुर्ण भूमिका रहेको छ। पारिवारिक विपन्नता र बालकको प्रतिभाले समस्त नेपालीको मन छोयो। यसैले उनीप्रति धेरैको सहानुभूति अनि माया जागेर आयो। यसै क्रममा संगितकार टंक बुढाथोकीले आफ्ना छोराका लागि साँचेर राखेको गित अशोकलाई गाउन दिए। सार्वजनिक भएको केही समय मै भाइरल हुदै नेपालमा युट्युब संस्करणको ट्रेण्डिङ नम्बर १ मा धेरै दिन रह्यो। यसपछि गायक तथा संगितकार टंक बुढाथोकी र अशोक दर्जीले आफ्नो जीवनमा आमुल परिवर्तन पाएका छन्।
सडकबाट उठेका बाल गायक आज आफ्नै कला र गलाले गर्दा झुप्रो घरबाट पक्की घरमा अनि सुकुम्बासीबाट लालपुर्जाधारी परिवार बनाउदै छ। यो अभियानमा रातदिन नभनी गायक तथा संगितकार टंक बुढाथोकीले साथ दिइरहेका छन्। उनको साथ र सहयोगबाट अशोक दर्जीको घरपरिवारको जीवनमा आमुल परिवर्तन भइरहदा टंक बुढाथोकीलाई एउटा गम्भीर आरोप लाग्ने गरेको छ।टंक बुढाथोकीले अशोक दर्जीलाई बनाएको कि आशोक दर्जीले टंक बुढाथोकीलाई? नेपालखबरले उनीमाथि लागेको आरोपबारे बोल्न अनुरोध गर्यो। टंक भन्छन्,‘भगवानले बनाएको। न टंक बुढाथोकीले अशोक दर्जीलाई बनाएको हो न त टंक बुढाथोकीलाई नै। म त आफ्नो स्थानमा एउटा परिचय बनाएर बसिसकेको मान्छे। तर, अशोक पनि आफ्नै प्रतिभा र कलाले भएको मान्छे हो।
उनको क्षमता र कला नभएको भए आजको स्थानमा रहेर चर्चा कमाउने थिएन। यहा कसैले कसैलाई बनाउदैन। कुरा यति हो यात्रासंगै भएको हो। दुवै कला एकठाउँमा भएको हो।’ प्रस्तुत छ, झापामा अशोक दर्जीको घर निर्माण गरिरहेका टंक बुढाथोकीसंग प्रभात लामाले गरेको कुराकानीको सम्पादित अंश:
तपाइँलाई झापाले मोहनी नै लगायो कि क्या हो ? : झापाले मोहनी लाउनै पर्दैन नी। यहाँ त म जन्मको नाता छ। मेरो मातापीता सबै यतै हुनुहुन्छ। आफू जन्मेको ठाँउमा आउन पाउनु मेरो भाग्यको कुरा हो।तर, तपाइँ अशोक दर्जीको घर निर्माणका लागि झापा जानु भएको हो नि ! हो, म खास अहिले घर निर्माण गर्नका लागि बाबुको घर छेउमा बसेको छु। साच्चै भन्नु पर्दा मेरो घर पनि यही नजिकै छ। तर, आफ्ना बुवाआमा, भाइबहिनीहरुलाई भेट्नै पाएको छैन। निश्चित समयमा अशोक बाबुको घर निर्माण गर्ने योजना भएको कारणले दायाँबायाँ गर्नै पाएको छैन।
तपाइँ नै निर्माणस्थलमा बस्नु पर्ने कारण के छ र ? : यो निर्माण अभियानमा म देखिने गरी जोडिएको छु। वर्षाको समय छ। पानी परिरहन्छ। आफू नभएपछि काम छिटो अगाडि बढ्दैन। काम चुस्त दुरुस्त गर्नका लागि पनि आफ्नो उपस्थिती हुन आवश्यक ठानेर म यही बसेको हुँ।
घर निर्माणस्थलमा आफै खटिइरहँदा कस्तो महसुस हुन्छ ? : जीवनमा मैले ईंटा बालुवा, सिमेन्टसंग यति धेरै नजिक भएर काम गरेको पहिलो पटक होला। आफ्नो घर निर्माण गर्दा सानै थिएँ। अहिले आफै घर निर्माणमा लाग्दा हरेक चिजको महत्व मूल्य नजिकबाट बुझ्ने मौका पाइरहेको छु। रमाइलो नै भनौं न यो अनुभव पनि।
अशोक दर्जीको घर निर्माणकार्य कति सकियो ? : ६५ प्रतिशत जति सकियो अब। वर्षाको बेला छ। बेलाबेलामा पानी परिरहेको छ। यसले गर्दा पनि काम फटाफट अगाडि बढ्न सकेको छैन। आज झ्याल ढोका र माथि छानो हाल्ने काम रहेको छ। अब लगभग १५ दिनमा घर तयारी गर्ने हाम्रो लक्ष्य रहेको छ।
घर निर्माणको बजेट कति हो ? : हामीले सुरुमा अनुमान गरेको जग्गा सहित २० लाख रुपैयाँको थियो। तर, हामी कर्यक्रमको बेला बाहिर हुँदा यहाँ जग खन्ने काम धमाधम भएछ। जग नै ३ तला जाने घरको लागि जसरी जग खन्नु भएछ। त्यसले गर्दा बजेट बढ्ने देखिन्छ। हेरौं अन्तसम्म कति पुग्छ त्यो थाहा भइ हाल्नेछ।
गीतसंगीत सिर्जना गर्ने मान्छे किन ठेकेदार जस्तो काम गर्न लाग्नु भो ? : यो टंक बुढाथोकीले बनाएको होइन। सारा नेपालीले बनाएको घर हो। यसमा सम्पुर्ण नेपालीको माया साथ र पसिना मिसिएको छ। म त यसमा केवल बाहिर देखिएको मान्छे मात्रै हो। फेरि यो मेरो जिम्मेवारी पनि हो।
टंक बुढाथोकीलाई अशोक दर्जीप्रतिको माया किन यती धेरै ?
सायद हाम्रो पुर्वजन्मको केही सम्बन्ध हुनुपर्छ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी