दाङमा १ सय ५१ शिक्षककाे दरबन्दी खाली
दाङ – दाङमा एक सय ५१ शिक्षककाे दरबन्दी खाली रहेको छ । जिल्लाभर एक सय ५१ शिक्षककाे दरबन्दी खाली रहेको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय दाङले जनाएको छ ।
दाङमा अहिले प्राथमिक तहमा एक सय २२, निम्न माध्यमिक तहमा २३ र माध्यमिक तहमा ६ गरी एक सय ५१ शिक्षककाे दरबन्दी खाली भएको कार्यालयले जनाएको छ ।
प्राथमिक तहमा घोराहीमा ३९, तुलसीपुरमा २१, लमहीमा दुई, राप्तीमा पाँच, गढवामा आठ, राजपुरमा १३, बङ्गलाचुलीमा १७, दङ्गीशरणमा चार, शान्तिनगरमा तीन र बबईमा १० शिक्षककाे दरबन्दी खाली रहेको कार्यालयले जानकारी दिएको छ ।
यस्तै निमावि तहमा घोराहीमा चार, तुलसीपुरमा चार, राजपुरमा चार, बङ्गलाचुलीमा पाँच र बबईमा एक शिक्षककाे दरबन्दी खाली रहेको छ । यसैगरी माध्यमिक तहमा घोराहीमा दुई, तुलसीपुरमा एक, राप्तीमा एक, राजपुरमा एक, बङ्गलाचुलीमा एक शिक्षककाे दरबन्दी खाली रहेको कार्यालयले जनाएकाे छ । उज्यालो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग