वैशाख १ गतेदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुन्छ : मन्त्री आले
काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी २०७९ साल वैशाख १ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताउनुभएको छ ।
आज शनिबार विमानस्थलको अनुगमन तथा निरीक्षणका लागि भैरहवा पुग्नु भएका मन्त्री आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भए यहाँका नागरिकलाई सहज हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा रुपमा अन्तर्राष्ट्रिय उडान गर्ने तयारीमा छौँ, अन्तर्राष्ट्रिय उडान सुरु भए यहाँका नागरिकलाई हसज हुने छ ।”
यसैगरी मन्त्री आलेले भारतसँग सिधा रुट अनुमती लिनका लागि लिमा ६२६ का विषयमा पहल भइरहेको जानकारी पनि दिनुभयो । केही महिना पहिले आफू भारत भ्रमणका गएको समयमा त्यहाँका नागरिक उड्डयनमन्त्रीसँग आफूले रुट अनुमतीका विषयमा कुरा गरेको र त्यस विषयमा नागरिक उड्डयनमन्त्री सकारात्मक देखिनु भएकाले याे समस्या चाँडै समाधान हुने मन्त्री आलेले जानकारी दिनुभयो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल देशको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भएकाले यहाँबाट अन्तर्राष्ट्रिय उडान सुरु भए काठमाण्डौको एअर-ट्राफिकको समस्या पनि समाधान हुने बताउनुभयो ।
“भैरहवा नजिकै शान्ति दुत गौतमबुद्ध जन्मिनु भएको स्थल लुम्बीनी पनि भएकाले यहाँबाट अन्तर्राष्ट्रिय उडान सुरु भए हजारौँ बुद्धिष्ट तथा लाखौँ पर्यटकहरु भित्रिन सक्ने सम्भावना छ”, मन्त्री आलेले भन्नुभयाे, “त्यसका लागि यो विमानस्थल सञ्चालनमा आउनु जरुरी छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरु भए यहाँका नागरिकले विदेश यात्राका लागि काठमाण्डौ जाने समस्या पनि समाधान हुनेछ । उज्यालो
February 20, 2022 2:32 am | समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न सेनाका उपकरण र साइबर प्रहरी परिचालन
देशभर उत्साहपूर्वक उम्मेदवारी दर्ता चल्दै (तस्वीरहरू)
नेपाल मगर संघ शाखा कुवेतको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा जय आले निर्विरोध
काठमाण्डाै महानगर प्रहरी प्रमुख राजु पाण्डेद्वारा राजीनामा
नगद कारोबारमा आजदेखि ५ लाखको सीमा लागू
सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो
राजतन्त्रको पक्षमा प्रदर्शनमा आउन भन्दै म्यासेज पठाउने व्यक्ति पक्राउ
कुवेत – मगर सँघ कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन १६ जनवरी २०२६, मा हुने भएको छ ।