कुवेतमा जुलाई महिना मात्रै ४ जना नेपालीको मृत्यु
कुवेत-कुवेतमा जुलाई महिना मात्रै ४ जना नेपालीहरुले ज्यान गुमाएका छन । रोजगारीको शिलशिलामा कुवेत आएर बिभिन्न क्षेत्रमा कार्यरत ३ जना पुरुष र १ जना महिलाको मृत्यु भएको नेपाली दुतावास कुवेतले जनाएकोछ । यसरी मृत्यु हुनेहरुमा गत जुलाई ११मा रुपन्देहीका बिशाल कुवर, जुलाई १९मा मोरङ्गका नर बहादुर बिस्ट, जुलाई २४ मा सोलुखुम्बुकी सेङ्ग्री ल्हमु शेर्पा र जुलाई २५ मा नवलपरासीका उमाशंकर चौधरी थारु रहेका छन ।
बिस्ट र कुँवरको हृदयघातका कारण, चौधरीको ब्रेंनह्याम्रेजका कारण मृत्यु भएको हो भने शेर्पाले झुण्डिएर आत्महत्या गरेको नेपाली दुताबास कुवेतका दृतिय सचिव श्रीकृष्ण सिलवालले जानकारी दिनु भएको छ । आत्महत्या गरेकी शेर्पा त कुवेत आएको लगभग डेढ महिना मात्रै भएको थियो । उनले आत्महत्या गर्नु अघि सामाजिक संजाल टिकटकमा रुदै आफुलाई कुवेत पठाउने एजेन्टले समास्यामा पारेको भन्दै आफ्ना पिडा सार्वजनिक गरेको भिडियो क्लिप सार्वजनिक भएको थियो । उनको आत्महत्या पर्श्चात सबैलाई गम्भीर बनाएको छ जुन नेपालका रास्ट्रीय मिडियाहरुले समेत रिपोर्ट नै प्रसारण गरेका छन । शेर्पा त एक उदाहरण मात्रै हो बैदेशिक रोजगारीमा आउने धेरै नेपाली चेलीहरुले पनि यस्तै समस्या झेलिरहेकाछन भने ज्यान पनि गुमाई रहेका छन तसर्थ सम्बन्धित निकायको बेलैमा ध्यान पुग्न जरुरी छ ।
हरेक वर्षको आकडा हेर्ने हो भने कुवेतमा आत्महत्या गर्ने, हृदय घातका कारण र सडक दुर्घटना परि ज्यान गुमाउने नेपालीहरुको संख्या अत्याधिक रहेको छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत