बञ्चरेडाँडामा फाेहरकाे अवराेध हटाउन सहमति
काठमाण्डाै – काठमाण्डाै उपत्यकाकाे फाेहर बञ्चरेडाँडामा फाल्ने क्रममा भइरहेकाे अवराेध हटाउन आज बुधवार बेलुकी तीन बुँदे सहमति भएकाे छ ।
काठमाण्डौ उपत्यकाको फोहर बञ्चरेडाँडामा लैजाँदा उत्पन्न समस्याबारेमा छलफल गर्न बसेकाे काठमाण्डौ, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित पालिकाका पदाधिकारीको बैठकले तीन बुँदे सहमति गरेकाे हाे ।
फोहर बाेकेर आएकाे गाडीले बाटोमा लिचेड चुहाउन नपाउने, जथाभाबी फाेहर फाल्न नपाउने, बञ्चरेडाँडामा फोहर थुपार्ने ठाउँमा गन्ध नआउने औषधि छर्किनुपर्ने र गएकाे जेठ २६ गते भएकाे सहमति कार्यान्वयन गर्दै जाने सहमति भएकाे छ ।
बैठकमा काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल र धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल सहभागी हुनुहुन्थ्याे । यस्तै छलफलमा काठमाण्डाै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, धुनीबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्यलगायत जनप्रतिनिधि तथा केही स्थानीयवासी पनि सहभागी थिए । उज्यालो
August 17, 2022 9:54 pm | समाचार,समाज,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत