भालुवाङ–प्युठान सडक अझै खुल्न सकेन
3 years अगाडी
manoj Thapa
दाङ – पहिरो खसेर दुई दिनदेखि बन्द भएको भालुवाङ–प्युठान सडक अझै खुल्न सकेको छैन । गएकाे शुक्रवार पहिरो खस्दा बन्द भएकाे सडक नखुल्दा यात्रु ४८ घण्टादेखि बाटोमै अलपत्र परेका छन् ।
भालुवाङ–प्युठान सडक खण्डअन्तर्गत प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ५ बड्डाँडा क्षेत्रमा पहिरो खस्दा सडक बन्द भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । यस सडक खण्डकाे ठाउँ–ठाउँमा पहिरो खसेको र अहिले पहिरो हटाउने काम भइरहेको प्रहरीको भनाइ छ ।
सरुमारानीको मोतिपुरमा खसेको ठूलो पहिरो हटाइएको भए पनि अन्य ठाउँमा पहिरो हटाउन अझै समय लाग्ने लुम्बिनी प्रदेश प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो । बड्डाँडा नजिकै रहेको खहरे खोलामा आएको बाढीले अहिले सडक बन्द भएकाे छ । उज्यालो
October 9, 2022 5:10 pm | समाचार,सुचना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...