पूर्व–पश्चिम राजमार्ग : दाङ खण्डमा सडक मिचेर बनाएका संरचना हटाउन निर्देशन
दाङ – सडक डिभिजन कार्यालय दाङले पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत पर्ने दाङको धानखोलादेखि शिवखोला सडक खण्डसम्म सडक मिचेर बनाएका संरचना हटाउन निर्देशन दिएको छ । सडक डिभिजन कार्यालय दाङले भाेलि मङ्गलवारदेखि लागू हुने गरि १५ दिने सूचना निकालेर राजमार्गको सडक क्षेत्र मिचेर बनाएका संरचना हटाउन निर्देशन दिएको हो ।
दाङ सडक खण्डको धानखोलादेखि शिवखोलासम्मको सडक क्षेत्र दायाँ–बाँया ३१/३१ मिटरभित्र रहेका संरचना हटाउन निर्देशन दिइएकाे सूचनामा उल्लेख छ । याे सूचनालाई बेवास्ता गरेर निर्धारित मितिभित्र अनधिकृत संरचना नहटाएमा कार्यालयले आफैँ हटाउने जनाइएकाे छ । साथै संरचना हटाउन लागेको खर्चसमेत सडक मिच्नेहरूले नै बेहाेर्नुपर्ने सूचनामा उल्लेख छ ।
राजमार्गको दाङ खण्ड झन्डै ७७ किलोमिटर रहेको छ । कार्यालयले त्यही क्षेत्रका तीन वटा पालिकालाई पनि यो सूचना प्रकाशन गरिदिनका लागि अनुरोध गरेको छ ।
लमही नगरपालिकासहित राप्ती र गढवा गाउँपालिकालाई पत्र लेख्दै सबै वडाको सूचना पार्टीमा यो सूचना टाँस गर्नका लागि पत्र पठाएको डिभिजन प्रमुख इन्जिनियर रामपुकार जैसवालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । उज्यालो

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न सेनाका उपकरण र साइबर प्रहरी परिचालन
देशभर उत्साहपूर्वक उम्मेदवारी दर्ता चल्दै (तस्वीरहरू)
नेपाल मगर संघ शाखा कुवेतको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा जय आले निर्विरोध
काठमाण्डाै महानगर प्रहरी प्रमुख राजु पाण्डेद्वारा राजीनामा
नगद कारोबारमा आजदेखि ५ लाखको सीमा लागू
सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो
राजतन्त्रको पक्षमा प्रदर्शनमा आउन भन्दै म्यासेज पठाउने व्यक्ति पक्राउ
कुवेत – मगर सँघ कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन १६ जनवरी २०२६, मा हुने भएको छ ।