पूर्व–पश्चिम राजमार्ग : दाङ खण्डमा सडक मिचेर बनाएका संरचना हटाउन निर्देशन
दाङ – सडक डिभिजन कार्यालय दाङले पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत पर्ने दाङको धानखोलादेखि शिवखोला सडक खण्डसम्म सडक मिचेर बनाएका संरचना हटाउन निर्देशन दिएको छ । सडक डिभिजन कार्यालय दाङले भाेलि मङ्गलवारदेखि लागू हुने गरि १५ दिने सूचना निकालेर राजमार्गको सडक क्षेत्र मिचेर बनाएका संरचना हटाउन निर्देशन दिएको हो ।
दाङ सडक खण्डको धानखोलादेखि शिवखोलासम्मको सडक क्षेत्र दायाँ–बाँया ३१/३१ मिटरभित्र रहेका संरचना हटाउन निर्देशन दिइएकाे सूचनामा उल्लेख छ । याे सूचनालाई बेवास्ता गरेर निर्धारित मितिभित्र अनधिकृत संरचना नहटाएमा कार्यालयले आफैँ हटाउने जनाइएकाे छ । साथै संरचना हटाउन लागेको खर्चसमेत सडक मिच्नेहरूले नै बेहाेर्नुपर्ने सूचनामा उल्लेख छ ।
राजमार्गको दाङ खण्ड झन्डै ७७ किलोमिटर रहेको छ । कार्यालयले त्यही क्षेत्रका तीन वटा पालिकालाई पनि यो सूचना प्रकाशन गरिदिनका लागि अनुरोध गरेको छ ।
लमही नगरपालिकासहित राप्ती र गढवा गाउँपालिकालाई पत्र लेख्दै सबै वडाको सूचना पार्टीमा यो सूचना टाँस गर्नका लागि पत्र पठाएको डिभिजन प्रमुख इन्जिनियर रामपुकार जैसवालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । उज्यालो

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत